यसरी बच्ने कम्प्युटरका डाटा चोरी हुनबाट

प्र
विधिको विकाससँगै विभिन्न फाइदा र अवसर सिर्जना भएका छन् । यद्यपि, यसले केही गम्भीर समस्या पनि ल्याएको छ । विश्वमा विगत दुई दशकदेखि विद्युतीय सूचना चोरीको समस्या बन्दै आएको छ । कम्प्युटर तथा इन्टरनेटको लोकप्रियतासँगै व्यक्तिगत जानकारी चोरी गर्न सजिलो हुँदै आएको छ । सूचना कसरी चोरी हुन्छ र यसबाट कस्ता परिणाम आउँछन् यसबाट कसरी बच्न सकिन्छ रु यस्ता विषय जान्न एकदमै आवश्यक भएको छ ।
सूचना चोरीले यस्ता परिणाम
तपाईंका व्यक्तिगत सूचना चोरी गरी कसैले गलत ठाउँमा प्रयोग गर्न सक्छ । जस्तै, तपाईंको नामबाट क्रेडिट कार्डको खाता खोलेर यसलाई विभिन्न अनलाई सपिङमा प्रयोग गर्न सक्छ ।
तपाईंले कम्प्युटरमा सेभ गरेर राखेको इमेल, पिन नम्बर, पासवर्डलगायत सूचना चोरी गरी गलत ठाउँमा प्रयोग गर्न सक्छ ।
कतिपय ह्याकरले तपाईंको व्यक्तिगत जानकारीलाई प्रयोग गरेर विभिन्न स्टिम ह्याक गर्न सक्छन् र त्यसको सजायको भागिदार तपार्इं बन्नुपर्ने हुन्छ ।
ह्याकरले तपाईं को कम्प्युटर स्टिम बिगारेर महत्वपूर्ण डकुमेन्ट तथा सूचना उनीहरूको कब्जामा राखेर त्यसलाई फिर्ता गर्न तपाईंसँग करोडौँ रकमको माग गर्न सक्ने ठूलो खतरा हुन्छ । जाभेलिन इटाटेजी एन्ड रिर्सट सेन्टरले बताएअनुसार सन् २०१७ मा १८ बिलियन डलर यसरी फर्ड गरेको पाइएको छ ।
बच्ने उपाय
सर्वप्रथम तपाईंले आफ्ना सम्पूर्ण जानकारीलाई गोप्य बनाउनुपर्छ । मोबाइल, टेबलेट, ल्यापटपजस्ता आफ्ना व्यक्तिगत डिभाइसलाई नितान्त व्यक्तिगत बनाउनुपर्छ । जोसुकैलाई चलाउन दिएमा उसले तपाईंका उपकरणको फाइदा उठाएर गलत प्रयोग गर्न सक्छ । जस्तै, सूचना चोरी ।
आफ्ना उपकरणमा अनिवार्य पासवर्ड राख्नुहोस् । पासवर्ड राख्दा कमन वर्ड अर्थात् अरूलाई थाहा पाउन सजिलो हुने कुनै पनि शब्द नराख्नुहोला । धेरैजसो मानिसले सम्झन सजिलो होस् भनेर इमेल, मोबाइल नम्बर, आफ्नो वा मनपर्ने चिजको नाम राखेको पाइएको छ । याद गर्नुस् ह्याकरहरू तपाईंभन्दा धेरै बाठा हुन्छन् र उनीहरूले तपाईंका गोप्य जानकारी सजिलै पत्ता लगाउन सक्छन् । त्यसैले, पासवर्ड अरूले अन्दाज गर्न गाह्रो हुने गरी राख्नुपर्छ । यो कुरा आफ्नो नजिकको मानिसलाई पनि विश्वास गरेर भन्नुहुँदैन ।
के तपाईं लुकी–लुकी इन्टरनेटमा बन्द गरिएका सामग्री हेर्नुहुन्छ । के नाम वा फोटो देख्नेबित्तिकै लिंकमा क्लिक गर्नुहुन्छ । अब यस्ता गर्न छोड्नुहोस् । त्यस्तो लिंकमा क्लिक गर्दा तपाईंको कम्प्युर वा मोबाइलमा भएका सूचना अरूले थाहा पाउन सक्छन् । त्यस्ता लिंक तपाईंलाई मनोरञ्जन गराउने उद्देश्यले नभई ह्याकरले तपाईंका डाटा तथा सूचना चोरी गर्ने उद्देश्यले बनाएका हुन्छन् । त्यसैले, सावधानीपूर्ण तरिकाले प्रविधिको उपयोग गर्नु नै अहिलेको आवश्यकता हो ।










