ताँगामा नयाँ खाद्य डिपो , एकै दिनमा चामल लिनेको भीड

जाजरकोट , नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका –११ ताँगामा नयाँ विक्री केन्द्र स्थापना गरेको छ ।
जिल्लाको सवै भन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न विक्री कार्य सुरु भएपनि स्थानीयवासीहरु खुसी भएका छन् ।
५०० क्वीन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्वीन्टल लिएर ताँगा गएका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले सेवा उद्घाटन भएको १ घण्टा नवित्दै खाद्यान्न विक्री भएर सकिएको छ ।
खाद्यान्न कम उत्पादन हुँने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिन समेत कठिन रहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।
गाउँपालिकाको पटक , पटकको पहलबाट नयाँ खाद्य डिपो स्थापना सँगै यहाँका स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५०० क्वीन्टल चामल कम भएको भन्दै कोठा बढाउन यहाँका स्थानीयले माग समेत गरेका छन् ।
यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपुर्तीमा सहज बनाउने वन तथा वातारण मन्त्रीको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पुरा भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । तस्वीर पनि उपलव्ध छ ।




सम्बन्धित समाचार


error: Content is protected !!