बन्ने भयो आधुनिक अस्पताल जाजरकोटमा

जाजरकोट , भौतिक पुर्वधारको अभावमा फाटेको भवनमा सेवा दिदै आएको जाजरकोट अस्पता अव आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) निर्माण पछि करिव रु ३३ करोडमा वोलपत्र आवह्वान गरेपछि अस्पतालको नयाँ आधुनिक भवन निर्माणको बाटो सुरु भएको हो ।
शहरी विकास मन्त्रालयको अन्र्तगतको संघिय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले जिल्ला अस्पतालको भवनसहित अन्य पुर्वाधार निर्माणको लागि सोमबार बोलपत्र आह्वान गरेर जाजरकोटमा भवन निर्माणको काम अव सुरु हुँने भएको हो । २०३३ सालमा निर्माण गरिएका पुराना शैलीका जिर्ण भवनमा सेवा दिईरहेको जाजरकोट अस्पतालमा अव भवण निर्माण सँगै नयाँ गति आउने देखिएको छ । कर्णाली प्रदेश सरकारबाट यहि आर्थिक वर्षमा रु ४९ लाख रकमबाट नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस भनि बैकल्पिक भवन निर्माण कार्य जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।
भवन अभावका कारण ५० शैयाको जाजरकोट अस्पतालमा मुस्किलले २५ शैयाको मात्र सेवा दिन सकिएको थियो । अव नयाँ भवन निर्माण र अहिले बन्दै गरेको भवन निर्माण कार्य पुरा भएमा सेवा प्रवाह सजिलो मात्र होेईन, विरामीलाई समेत सहज हुँने देखिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अहिले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा ५० शैयामा विस्तार गरिएको जाजरकोट अस्पतामा अहिले शल्यक्रिया समेत हुँने गरेका छन् । जाजरकोट , रुकुम र डोल्पाका स्थानीयवासीले स्वास्थ्य सेवा पाउँन जाजरकोट अस्पतालमा भिड लाग्ने गरेको छ । निर्माण व्यवसायीले निर्माण गर्दा , गर्दै बीचमा छाडेर लथालिङग बनाएका अस्पातलका प्रसुती गृह लगाएका भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण कार्य सुरु भएको छ । एक महिना अघि जाजरकोट गएर जाजरकोटमा आधुनिक अस्पताल निर्माण कार्य एक महिना भित्र पुरा हुन्छ भनेर उद्घोष गरेका मन्त्री बस्नेतले आफ्नो प्रतिवद्धता पुरा गनुभएको छ ।
अस्पतालमा भएका समस्य बुझन जाजरकोट अस्पताल पुगेका वन तथा वातारण मन्त्री शत्तिबहादुर बस्नेतले अस्पतालमा कुनै कुराको अभाव हुँन नदिने बताउनुभएको थियो । उहाँले आफ्नो काम भन्दा पनि कामचोर प्रवृतीले गर्दा जिल्लाको विकास निर्माणमा वाध्य पुगेको भन्दै यस्तो कार्य अव भेटिए कसैलाई पनि छुट नहुँने बताउनुभएको थियो । त्यसै गरी जिल्लाका दल्ली , छेडागाड , गर्खाकोटमा समेत भवन निर्माणका लागि काम भईहेको वन तथा वातावरण मन्त्री बस्न्ेतले बताउनुभयो ।
क्षमता विस्तार सँगै नयाँ , नयाँ उपकरण र चिकित्सकहरुको व्यवस्थापन भए सँगै जाजरकोट अस्पतालको मुहार फेरिएको छ । जिल्लाको छवि सुधिएको र परिचय समेत फेरिएकोले अव हामी सवैले आफ्नो जिम्मेवारी अनुशासन पुर्वक पुरा भएमा मात्र जिल्ला नयाँ उचाईमा पुग्ने उहाँको भनाई छ । सामान्य सिटामोल सम्म नपाउँने जाजरकोट अहिले एकै पटक सुधार र विस्तार भएर सवैको मनमुटुमा बस्न सफल भएपछि धेरैले देशका अन्य सहरमा गएर लाखै खर्च गरेर उपचार लिने दिन अन्त्य भएका छन् । त्स्तै भेरी नगरपालिकाको सहयोगमा आधुनिक लेखा तथा व्यवस्थापन मेसिन उपलव्ध भएपछि अस्पतालमा हुँदै गरेको आर्थिक अनियमितता नियन्त्रण भएको छ । यो भन्दा अघि विरामीले पुजी लिदा लगिएको शुल्क जसले उठाउयो , उसैले लुट मचाउने अवस्था रहेको थियो ।
यसै वर्ष देखि जाजरकोटमा स्वास्थ्य क्षेत्रका विभिन्न कक्षाहरु वहुँप्राविधिक शिक्षालय मार्फत पढाई सुरु हुँन लागेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको सहयोगमा जिल्लामा वहुँप्राविधिक शिक्षालय स्थापना भई काम सुरु भईसकेको छ । जाजरकोट अस्पतालको समन्यव र सहकार्यमा सो वहुँ प्राविधिक शिक्षालय स्थापना भएको हो । अहिले वर्षायाममा जाजरकोटका कुनै पनि स्वास्थ्यकर्मीको सुरुवा , काज सरुवा लगाएका कुराहरु वन्द समेत गरिएको छ ।










