भगवानको भरोसमा जाजरकोट – डोल्पा यात्रा

सुकमाया थापा
डोल्पा ः एक दर्शक अगाडी डोल्पाबाट नेपालगन्ज , सुर्खेतमा गई पिठ्यूयमा नुन र खाद्यान्न बोकेर दुई महिना पछि डोल्पा पुग्ने दिन गएपनि डोल्पाबासीले यातायातका साधनकमा हुँने यात्रा भगवानको भरोसमा भएको छ ।
थोत्रा जिप , मनोमानी भाडा , क्षमता भन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जिपहरु चलाएपछि सयौ यात्रुहरु भगवानको भरोसमा यात्रा गर्न बाध्य छन् । ठाउँमा , ठाउँमा प्रहरी चौकी नहुँदा खाने भए खा नत्र घिच भनेझै गरी यातायात व्यवसायीले यात्रुहरुलाई जवरजस्ती भेडा, बाख्रा हुँले झै गर्दा यात्रा भन्दा हिरासत बसेको जस्तै भएको डोल्पा मुड्केचुला गाउँपालिका – ६ शुरका रविन्द्र सिंहले बताए । डोल्पामा सञ्चालन रहेका यातायात व्यवसायीले दत्र्ता विना नै नगरी यातायातका साधनहरु चलाएको पाईएको छ ।

जाजरकोट सदरमुकाम देखि डोल्पाको दुनै सम्म सञ्चालनमा रहेका सवै सवारी साधनमा यात्रुहरुलाई सेवा भन्दा सास्ती दिने गरेको यात्रुहरुको गुनासो छ । यो सडकको बीचमा पुल , पुलेशा नहुँदा आधा दर्जन ठाउँमा झर्ने र गाडीमा चढ्दा अर्को सास्ती हुँने गरेको छ । आवश्यक सामग्री लिएर जाँदा वा वालबालिका सँग यात्रा गर्दा यात्रा भन्दा पीडा बढी हुँने गरेको नलगाड नगरपालिका –११ का शसी विकले बताए । यातायात व्यवसायीको सिण्डीकेटका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । प्रहरी चौकी भएको ठाउँमा १ सय मिटर अगाडी यात्रुलाई झारेर हिड्न लगाई पुर्ण गाडीमा चढाएर यात्रा गर्न वाध्य पारेको विकको भनाइ छ । कच्ची सडक , धुलाम्य र अप्ठ्यारो हुँदा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मानिस नै नचिनिने गरी पुग्ने गरेको अर्का ठुलिभेरी नगरपालिका –५ का रामबहादुर रोकायले बताए । 
११८ किलोमिटर यात्रा गर्दा २ हजार ५ सय भाडा तिरेर पनि सुख सँग यात्रा गर्न नपाएको दैनिक गुनासा आउने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् । चालक अनुमती पत्र देखि थोत्रा जिपमा क्षमता भन्दा बढी यात्रु राख्दा कति खेर जिन्दगी जान्छ डरले मुटु काप्दै हिड्न परेको रोकायले बताए । जिपको अगाडीको ३ सिटमा ४ राख्ने गरिन्छ भने गाडीको चालक रहने सिटमा ४ जना राख्दा गाडी चलाउन नै अप्ठ्यारो हुँने गरेको यात्रुहरु बताउँछन् । पछाडीको भागमा छुट्टै सिट जोडेर सिट नै नभएको ठाउँमा किचाकोच यात्रुहरु भरेर बोक्ने गरिदै आएको छ ।

त्यसपछि जिपको छतमा कम्तिमा पनि ५ जना भन्दा बढी राखेर जिप सञ्चालन हुँने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय , जाजरकोट र डोल्पाले जथाभावी यात्रुहरु बोक्न नदिन कडाई गरिएको भनेपनि त्यो कार्यन्वयन हुँन सकेको छैन् । सडक विभागले जिम्म नलिएको यस सडकमा आधा दर्जन पुल निर्माण हुँन बाँकी छन् । नलगाड नदीमा , खोलेखेत, साप्नेखेत, खमाउरेखोला , वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लु स्थित भेरी नदीमा , डोल्पाको खदाङ , त्रिपुराकोट, छलगाड , रुपगाड लगाएका ठाउँमा पुल निर्माण कार्य सुरु नै गरिएको छैन् । तुईमा राखेर लिईएका जिप र जाजरकोट खण्डमा चल्ने बसले मनोमानी गर्दा यात्रुहरु हैरान भएका हुन् ।
सरकारले यो वर्ष सडक दुनै सम्म पुर्याउने भनेर उद्घोष गरेपनि पुल निर्माण नभई डोल्पामा यात्रा गर्न पाईने सम्भावना कम रहेको छ । गैरकानुनी रुपमा सञ्चालन भएका जिपहरु दत्र्ता प्रक्रियामा ल्याएर सञ्चालन गरी यात्रुमैत्री बनाएपछि मात्र यहाँका जनसाधारणले खुसीले यात्रा गर्न पाईने छन् । नेपाली सेनाले निर्माण कार्य जारी राखेको यो सडकमा स्तरउन्नती र पुल निर्माण नहुँदा सम्म यहाँका सयौँ नागरिकले दुख पाईरहने छन् ।










