लाइसेन्स परीक्षाको विज्ञापन खोल्ने अन्तिम तयारी

शिक्षक सेवा आयोगले यही हप्ताभित्र शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ ।

गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन । अब भने प्राविधिक समस्या हटेकाले एकरदुई दिनदेखि अर्थात् ९यो समाचार लेख्दासम्मको मिति १ असारदेखि० एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले बताउनुभयो । उहाँका अनुसार विज्ञापन खुलाउने विषयमै यही असार १ गते दिनभरी नै आयोगमा छलफल चलेको थियो । डा। थपलियाले आजको शिक्षासित भन्नुभयो, ‘अबको एकरदुई दिनदेखि साताभित्रै लाइसेन्सको विज्ञापन हुन्छ । हामीले अन्तिम तयारी सकेका छौं ।’

आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको थियो ।

आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम पनि तयार पारेको छ ।

अनलाइन फारम भर्दा बैंक भौचर भर्न आयोगले दिएको सिम्बोल नं अनुसार प्रत्येक व्यक्तिलाई बैंकले बेग्लाबेग्लै कोड नम्बर दिनेछ । यसबाट बैंक भौचर भरेको सुनिश्चितता हुने बताइएको छ । ‘पहिलोपटक अनलाइन फारम भर्ने व्यवस्था भएकाले यसमा निकै सुझबुझ अपनाइएको छ,’ थपलियाले भन्नुभयो । अनलाइन फारम भर्ने र बुझाउने तरिका आयोगको वेभसाइटमा राखिनेछ ।

शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गरेको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाबाट तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

कुन योग्यताले कुन तहमा दिन पाउने

माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको डा। थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो त योग्यता र तालिम पूरा गर्नेहरुले परीक्षा दिन पाउँनेछन् । अर्को कुरा, शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभएपनि परीक्षा दिन पाउने व्यवस्था गरिँदैछ ।’

साथै, साविकको उच्च माध्यमिक तहमा कार्यरत भएका कारणले अस्थायी लाइसेन्स पाउनेहरुका निम्ति पनि जाँच दिने अवसर दिन लागिएको डा। थपलियाले बताउनुभयो ।





error: Content is protected !!