विपतबाट जोगिन पुर्व तयारीका लागि अभ्यास

जाजरकोट ः भेरी नगरपालिका ३ तल्लो थाप्लेस्थित जंगलको खोचमा नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती बेहोस थिए। लडेर गम्भीर घाइते भइ खोचमा फसेका मेयर घर्तीलाई उद्धारको लागि नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली एकै छिनमा घटना स्थल आइपुग्यो।

सुरक्षाकर्मीको टोलीले तत्काल डोरीको सहायताले रोप रेस्क्यु अन्तरर्गत हाइलाइन रोप रेस्क्यु खोचमा फसेका घाइतेलाई गरिने उद्धार ० गर्यो। करीव ५० मिटर तल खोचमा घाइते अवस्थामा फसेका मेयर घर्तीलाई सडकमा ल्याएर प्राथमिक उपचार गरियो। लगत्तै एम्बुलेन्समा उनलाई थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइयो।

खरको छाना भएका तीन ओटा घरमा आगो दन्किरहेको थियो। सदरमुकाम खलंगा स्थित तल्लो थाप्लेमा आगलागी भएपछि केही बचाउ बचाउ भन्दै कराइरहेका थिए। आगो अरु घरमा सल्किरहेको थियो। घटना स्थलमा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक, विद्यार्थीको भीड नै लागेको थियो। त्यति नै बेला नेपाली सेनाको उद्धार टोली घटना स्थल आइपुग्यो। उद्धार टोलीले तत्काल आगो नियन्त्रणमा लियो। घाइतेको उद्धार गर्यो। सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले उद्धारमा सहयोग गरे। घाइतेलाई नेपाल रेडक्रसका स्वयमसेवकले प्राथमिक उपचार गरेर एम्बुलेन्समा अस्पताल पठाए।

वास्तविक जस्ता लाग्ने यी दुवै दृश्य कृत्रिम थिए। नेपाली सेनाको विपद सामुदायिक चेननामुलक कार्यक्रम अन्र्तगत विपदको पूर्वतयारीका लागि मंगलबार बिहान सदरमुकाममा गरिएको कृत्रिम अभ्यास हो। नेपाली सेना, शसस्त्र, प्रहरी, रेडक्रसकर्मी र स्वास्थ्यकर्मी उक्त कृत्रिम घटना अभ्यासमा प्रत्यक्ष सहभागी भएका थिए।

नेपाली सेनाको ज्वालादल गणले फायर फाईरिङ्ग र हाइलाइन रोप रेस्क्युको सिमुलेशन ९ कृत्रिम घटना अभ्यास ० गराएको सेनानी दिनेश खड्काले बताए। विपद्का घटना जतिखेर पनि घट्न सक्ने भएकोले सधै सचेत हुनु पर्ने उनको भनाइ छ। उनले भने ‘विपद्का घटनामा नेपाली सेनाले यसरी काम गर्छ भनेर समुदायलाई जानकारी दिन र चेतना जगाउन कृत्रिम घटना बनाइ उद्धारको अभ्यास गर्ने गरेका छौँ।’

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विपद्‍का घटनामा खोज तथा उद्धारमा नेपाली सेना लगायत सवै सुरक्षा निकायको भुमिका निकै सह्रानिय रहेको बताउँदै विपद् प्रतिकार्यमा स्थानीय समुदाय पनि सचेत र पूर्वतयारी अवस्थामा रहनु पर्नेमा जोड दिए। उनले कृत्रिम घटना अभ्यासमा आफूलाई अभिनय गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै साँचिकै घटनामा खोज तथा उद्धार कार्य निकै जटिल र संवेदनशील विषय भएको अन्नपुर्ण बताए ।





error: Content is protected !!