यार्सागुम्वा पाईने ९ नाँकामा स्वास्थ्यकर्मी परिचालन

जाजरकोट ,  (रासस) ः हजारौ सर्वसाधारणहरु डोल्पाका पाटनहरुमा पाईने यार्सागुम्वा संकलनका लागि गएपछि उनीहरुको ज्यान जोगाउन पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बिभिन्न ९ वटा पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी संकलनकत्र्ता विरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मीत प्रमुख रनलाल कुलालले जानकारी दिनुभयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिनुभयो ।
अहिले जिल्लाका सवै ठाउँमा हिउँ पग्ली सकेकोले यार्सासंकलनको कार्य सुरु भएको छ । जेठ १७ गते देखि ४ ठाउँमा एच ए सहितको टिम र ५ ठाउँमा अहेव सहितको टिम परिचालन गरीएको हो । जिल्लाको सवै भन्दा बढी सार्यागुम्वा पाईने र संकलन कत्र्ताको अत्यधिक भीड हुँने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिईएको प्रतिनिधीसभा सदस्य सत्य पहाडीले जानकारी दिनुभयो ।
फुलबारी,जगदुल्ला,ग्यालबारा,बागडाँडा र क्याङजूरु लगाएतका पाटनलाई लक्षित गरी ९ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिनुभयो । पहिलो चरणमा जेठ १७ गते देखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ । यार्सापाटनमा संकलनकत्र्ताको भीडको आधारमा शिविर थप समय निरन्तर दिने वा वन्द गर्ने तया हुँने प्रमुख कुलालले जानकारी दिनुभयो ।
शिविर सञ्चालन भएको ठाउँमा औषधी आवश्यकताका आधारमा ढुवानी भइसकेको उहाँले बताउनुभयो । सुरुका दिनमा नै यार्सा संकलकहरु विरामी हुँने संख्य बढ्ने भएकाले सोही अनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाई छ ।
त्यस्तै अन्य सुरक्षाको लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो । स्वास्थ्य शिविर सञ्चालन गर्नुपुर्व नै ५ जनाको मृत्यु भईसकेको छ ।
हिमाली पाटनमा खानेकुरा व्यवस्थीत नहुँनु , जथाभावी फोहोर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा विरामी हुँने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्य समयमै खवर, आदान प्रदान हुँन समस्य भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्वा संकलनकत्र्ताहरु बढी विरामी हुँने गरेका छन् ।
पाटनमा हुँने हावापानी र मौसम सँग समायोजन हुँन नसक्दा विरामी हुँनेको संङख्य बढेको हो । अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताउनुभयो ।
औषधी नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहल कदमी लिएको उहाँले बताउनुभयो । अहिले १० हजार भन्दा बढी सर्वसाधारणहरु डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्वा संकलन गरिरहेका छन् । वृद्ध, बालबालिका र बिभिन्न रोगबाट संक्रमित भएका संकलनकत्र्ताहरुलाई स्वास्थ्य समस्य आउने गरेको छ ।
डोल्पाको सदरमुकाम दुनैबाट पैदल ४ दिन भन्दा बढी समय हिडेर यार्सागुम्वा संकलन गर्ने कार्य हुँदै आएको छ । एकै घरमा ५ जना भन्दा बढी सर्वसाधारणहरु यार्साको खोजीमा पाटन गएपछि गाउँ नै सुनसान भएको छ । पाटनमा यार्सा संकलनकत्र्ताले स्वास्थ्यलाई ध्यान दिएर मात्र यार्सा खोज्न आग्रह गरिएको छ ।
तातो कपडा, तातोपानी , पौष्ट्रिक यूक्त खानेकुरा सेवन गर्न आग्रह गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका सुचना अधिकारी छत्र कार्कीले राससलाई बताउनुभयो । आफ्नो आसपासमा रहेका साथी, भाई विरामी पर्दा तुरुन्तै शिविर सम्म ल्याउन र खवर गर्न अनुरोध गरिएको छ । यार्सा पाईने सामुदायिक वनका पदाधिकारीहरुलाई समेत यार्सागुम्वा संकलनकत्र्तालाई सहयोग गर्न आग्रह गरिएको छ । पाटन क्षेत्र नजिक भएका माथेल्लो डोल्पाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु समेत पाटनमा परिचालन गरिएको छ ।
जनताको ज्यू , धनको सुरक्षा गर्न र संकलनलाई व्यवस्थीत बनाउनका सर्व पक्षिय सहमती अनुसार काम गरिएको प्रजिअ केसरीले बताउनुभयो ।
––– हेमन्त केसी





error: Content is protected !!