जलवायु परिवर्तनको असर विश्व समुदायलाई जानकारी गरायौं ः मन्त्री बस्नेत भिडियोसहित

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु सम्बन्धी आर २० अष्ट्रियन विश्व शिखर सम्मेलन नेपालमा जलवायु परिवर्तनको असर कर्म गर्न उपयोगी हुने बताएका छन् ।

नेपालमा जलवायु परिवर्तनको प्रभाव अत्यधिक बढेको र त्यसलाई रोक्नका लागि अष्ट्रियन शिखर सम्मेलनले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ । सम्मेलनका क्रममा नेपालले जलवायु परिवर्तनको नकरात्मक प्रभावका विषयमा जानकारी गराएको र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्याकर्षण गराइएको पनि मन्त्री बस्नेतले बताए ।

जलवायु परिवर्तनको असर क मगर्नका लागि संयुक्त राष्ट्र संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिएका छन् । नेपालका तर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुन ुपासाङु नेतृत्वको टोली सम्मेलनमा भाग लिनेक्रममा अहिले अष्ट्रियामा छ । उपराष्ट्रपति पुनले मंगलवार सम्मेलनलाई सम्बोधन गरेका थिए ।





error: Content is protected !!