विद्यालय खोलेको भन्दै विप्लव कार्यक्रताको आक्रमण

कविता शाही
जाजरकोट ः विप्लव समुहका कार्यक्रताले जाजरकोटको भेरी नगरपालिका ७ मा बन्दको दिन विद्यालय खोलेको भन्दै स्थानीय बुद्धी शाही र नरेश शाही माथी आक्रमण गरेका छन् ।
आफ्नो पाटीले गरेको बन्दको विरुद्धमा सरस्वती प्राथमिक विद्यालय सञ्चालन गरेको आरोप लगाउदै खड्क सिंहको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको प्रहरीले जनाएको छ । । विप्लव कार्यक्रता खड्क सिंहको नेतृत्वमा १२ जना भन्दा बढीको संख्यमा आएका समुहले आक्रमण गर्दा नरेश शाही गम्भिर घाईते भएका छन् भने अर्का बुद्धी शाही सामान्य घाईते भएको फोनमा जानकारी आएको जाजरकोट प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिनुदिभयो ।
अहिले सदरमुकाम बाट सशस्त्र प्रहरी , नेपाल प्रहरी र जगतीपुर प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।





error: Content is protected !!