डोल्पा र मुगुका १६ नाकाबाट यार्सा संकलन गर्न पुर्जी वितरण

डोल्पा ः हिमाली जिल्ला डोल्पा र मुगमा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न पुर्जी वितरण सुरु भएको छ । शुक्रबारदेखि औपचारिक रुपमा यार्सा संकलन पुर्जी वितरण गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोटलगायत १४ स्थानबाट संकल पुर्जी वितरण भएको हो । त्यसैगरी मुगुको डोल्फु र किम्री पोष्टबाट संकलन पुर्जी वितरण गरिएको छ ।

निकुञ्जका कर्मचारी र मध्यवर्ती क्षेत्रका पदाधिकारीले स्थायी तथा अस्थायी चेकपोष्ट बनाएर संकलन पुर्जी व्तिरण गरेको हो । संकलन पुर्जी लिनका लागि दशौँ हजार सर्वसाधारणको भिड भएको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादवले बताए ।

मध्यवर्ती क्षेत्रभित्र सर्वसाधारणका लागि पाँच सय, मध्यवर्ती क्षेत्रबाहिरका सर्वसाधरण्लाई दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि तीन हजार दस्तुर तोकिएको छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्म रहने निकुञ्जले जनाएको छ । निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटनहरु खुलाउने निर्णय गरेको छ ।





error: Content is protected !!