विप्लव समुहका भेरी व्यूरो सदस्य पक्राउ

जाजरकोट ,  ः विप्लव समुहका भेरी व्यूरो सदस्य हरीचन्द्र जैसी पक्राउ परेका छन् । मंगलबार वेलुका पक्राउ परेको जैसीलाई सदरमुकाम ल्याइएको छ ।
कुशे गाउँपालिका – २ घर भई विप्लव समुहमा लागेर विभिन्न गतिविधी गर्दै आएका जैसीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दख्खल पुर्याएको भन्दै उहाँलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो ।
यो भन्दा अगाडी विप्लव समुहका तीन जना जाजरकोटमा पक्राउ परिसकेका छन् । प्रतिवन्धित क्रियाकलाप गरेको भन्दै जैसीलाई पक्राउ गरिएको खत्रीले बताउनुभयो ।





error: Content is protected !!