कच्ची सडकमा सवारी दुर्घटना वढ्दो

सुकमाया थापा
डोल्पा ः भौगलिक विकटता रुपमा परिचय फेर्न नसकेको डोल्पामा राष्ट्रिय सडक सञ्जालले छोएको भनेपनि सडकको बीचमा पुल निर्माण नहुँदा समस्य हुँदै आएको छ । १४ पुल निर्माण हुँन बाँकी रहेको हुँदा सहज रुपमा यातायात सञ्चालनमा चुनौती थपिएको छ ।

कच्चि सडकमा दिन प्रति दिनमा होडबाजि गदै सवारी साधानहरु धित्रिएसंगै डोल्पामा दिन प्रति दिन दुर्घटना पनि बढ्न थालेका छन् । कच्चि सडक,सवारी चालकहरुको लापरबाही,सुरक्षा निकायाको कम्जोरीले गर्दा दर्घटनाहरु बढ्न थालेको छ ।

सडक पुगे संगै डोल्पामा नयाँ यातायातका सवारी साधानहरु संगै पुर्णरुपले तालिम प्राप्त सवारी चालक नभएपछि धेरैमात्रामा डोल्पाली जनताहरु दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । त्यस्तै शुक्रबार फेरी एउटा दुर्घटना भएको छ ।

जेठ ३ गते शुक्रबार बेलुका त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बजारमा ठुलिभेरी नगरपालिका वडा नं ९ मोतिपुरका २५ वर्षिय अञ्जय कठायतलाइ रा १ ज ५०१ नम्बरको जिपले ठक्कर दिदा कठाएतको बाँया खुट्टा भाँचिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ बाट आउदै गरेको यात्रुवाहक जिपले किचेको त्रिपुराकोट को प्रहरी चौकीले जानकारी दिएको छ । घाइते कठायतको अवस्था गम्भिर भएपछि रातिनै जिल्ला अस्पताल डोल्पामा ल्याइएको थियो । जिल्ला अस्पताल डोल्पामा सम्भव नभएपछि जिल्ला अस्पताल डोल्पाले नेपालगञ्ज सिफारिस गरेको थियो ।
कठायत सुस्तमनस्थितिका थिए । लामो समय देखी त्रिपुराकोट बगरमा बस्दै आएको स्थानीयहरुले बताएका छन् । जिप चालकलाई कारवाहीको माग गर्दै ब्यापारीहरुले त्रिपुराकोट बगरमा बजार बन्द गरी प्रर्दशन गरेका छन् । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं १२ बस्ने जिप चालक महेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यलय डोल्पाका पर्याएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।





error: Content is protected !!