डोल्पामा माटोको ढिस्कोले पुरिएर दुईजना गम्भीर

डोल्पा ः हिमाली जिल्ला डोल्पामा बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुइजना गम्भीर घाइते भएका छन्।  शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत वडा ८ मा पर्ने पलम सुलिगाड झरना हुँदै तालसम्म पुग्ने घोरेटो बाटो खन्नेक्रममा शुक्रबार बिहान ९ बजेतिर माथिबाट खसेको माटोको ढिस्कोले पुरियर दुइ जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

घाइते हुनेमा रुकुम पश्चिम बस्ने चक्रबहादुर देबकोटा र बिरमान सार्की रहेका छन्। घाइते दुबैजनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइते दुबै जनालाई गृहमन्त्रालयको समन्वयमा सेनाको हेलिकोप्टरबाट तत्काल उद्धार गरी उपचाको लागि नेपालगञ्ज लगिएको हो ।

प्रजिअ केसरी भन्नुभयो , पुर्व शान्ति मन्त्री सत्य पहाडी  मार्फत गृहमा खवर गरेका थियौ , उहाँको सक्रियातले घाईतेको तत्काल उद्धार गर्न सफल भई उपचारमा पठाएको छ । । उनीहरूले कर्णाली प्रदेश सरकारले छुट्याएको रकमबाट बाटो खन्दै गर्दा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएको बताइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!