प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता

जाजरकोट ,भेरी नगरपालिको आयोजनामा मंगलबार खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ सम्पन्न भएको छ । भेरी नगरपालिका–३ थाप्लेचौर देखि ४ बोहरा स्थित सिमी रुख हुदै थाप्लेचौर सम्मको खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ सम्पन्न भएको हो ।
नेपाल सरकारको “समृद्ध नेपाल–सुखी नेपाली” राष्ट्रिय अभियानलाई पुरा गर्न भेरी नगरपालिकाले खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ को आयोजना गरिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । स्वस्थ नागरिक नभएर “समृद्ध नेपाल–सुखी नेपाली” हुन नसक्ने बताउदै नगर प्रमुख घर्तीले “सुखी नेपाली–समृद्ध नेपाल अभियानका लागि स्वस्थ नागरिक” भन्ने मुल नारालाई भेरी नगरपालिकाले अगाडी सारेको बताए । अन्तर्राष्ट्रिय भुमीमा पुगेर नेपालको झण्डा फहराउने खेलाडीहरु राष्ट्रको गहना भएको बताउदै नगर प्रमुख घर्तीले खेलाडीहरु प्रवद्र्धन गर्न र स्वस्थ नागरिक बनाउनलाई आयोजना गरिएको प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ कोशेढुङ्गा सावित भएको बताए ।

त्यसैगरि औपचारिक रुपमा सम्पन्न गरिएको खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ मा आफ्नो धारणा राख्दै कर्णाली प्रदेश सांसद गणेश प्रसाद सिंहले फिल्मी ईस्टाईलमा प्रतियोगिता सम्पन्न भएको बताए । प्रतियोगिताले खेलाडीहरुलाई मनोरञ्जन दिने काम मात्र गरेको नभई स्वास्थ्यलाई स्वस्थ बनाउन महत्वपूर्ण भुमिका खेलेको सांसद सिंहले बताए । आगामी दिनमा नगरपालिकाद्धारा आयोजना गरिने दोस्रो मेयर म्याराथुन दौड प्रतियोगितामा स्थानीय खेलाडीहरुलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सांसद सिंहले प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई हार्दिक धन्यवाद दिएका थिए ।
खुल्ला पुरुष तथा महिला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ को पुरुष तर्फ पश्चिम रुकुम सिस्ने चाखुरेका २९ बर्षिय दुर्गराज वुढा प्रथम भएका थिए । १ सय १९ नम्बरको जकेट लगाएर दौडेका बुढाले थाप्लेचौर देखि बोहरा सिमीको रुख हुदै थाप्लेचौरसम्म झण्डै १० किलो मिटरको दुरि ३६ मिनेट ५४ सेकेण्डमा पार गरेका थिए । वुढा ट्रेल रङिंग खेलाडी हुन् । त्यसैगरि दैलेख डुङ्गेश्वर गाउँपालिका–४ का १९ बर्षिय टेकेन्द्र कुमार थापा द्धितिय भएका थिए । नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत थापाले उक्त दुरि ३८ मिनेट ५९ सेकेण्डमा पार गरेका थिए । उनले १९ नम्बरको जकेट लगाएर दौडेका थिए । त्यसैगरि जाजरकोट शिवालय गाउँपालिका–८ का २२ बर्षिय दिपक कठायत तृतिय भएका थिए । २५ नम्बर जकेट लगाएर दौडेका कठायतले ३९ मिनेट २१ सेकेण्डमा दौड पुरा गरेका थिए । कठायत पनि नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छन् ।
महिला तर्फ सुर्खेत पञ्चपुरी–१ कि २४ बर्षिय सिता कुमारी शाही प्रथम भएकि थिईन । २७ नम्बर जकेट लगाएकी शाहीले थाप्लेचौर देखि बोहरा सिमीको रुख हुदै थाप्लेचौरसम्म झण्डै १० किलो मिटरको दुरि ४७ मिनेट ५६ सेकेण्डमा पुरा गरेकि थिईन् । शाही नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छन् । त्यसैगरि सुर्खेत चिसापानी–५ कि १९ बर्षिय बिमला राना मगर द्धितिय भएकि छन् । २८ नम्बर जकेट लगाएकि रानाले ४८ मिनेट ५२ सेकेण्डमा उक्त दुरि पार गरेकि थिईन । उनीपनि नेपाली सेनाको ज्वाला दल गणमा कार्यरत छन् । त्यसैगरि बारेकोट गाउँपालिका–८ सक्लाकि १४ बर्षिय सुस्मिता रावल तृतिय भएकि छन् । १ सय १ नम्बरको जकेट लगाएकि रावलले ४९ मिनेट ४ सेकेण्डमा दौड पुरा गरेकि थिईन । रावल विद्यालय अध्ययनरत छात्रा हुन् ।
प्रथम मेयर म्याराथुन दौड प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई २०–२० हजार नगद पुरस्कार, प्रमाण पत्र दिनुको साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । द्धितिय हुने महिला तथा पुरुष खेलाडीलाई १५–१५ हजार नगद पुरस्कार, प्रमाण पत्रका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । त्यसैगरि तृतिय हुने महिला तथा पुरुष खेलाडीलाई १०–१० हजार नगद पुरस्कार, प्रमाण पत्रका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई प्रमाण पत्र दिनुका साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । महिला तर्फ १८ जना खेलाडीले भाग लिएका थिए भने, पुरुष तर्फ ८७ जना खेलाडी गरि जम्मा १ सय ५ जना खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
को हुन रु दुर्गराज वुढा
प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ मा प्रथम हुने दुर्गराज बुढाको घर पश्चिम रुकुमको मुसीकोट नगरपालिका–५ साँखमा पर्दछ । बिगत ६ बर्ष पहिला देखि निरन्तर रुपमा ट्रेल रङिंग प्रतियोगितामा भाग लिदै आएका बुढाले सन् २०१२ मा जिरी देखि सगरमाथाको अन्तिम बेस क्याम्पसम्मको ट्रेल रङिंग गरेर धाबक बन्ने प्रयास गरेका थिए । २९ बर्षिय दुर्गराज वुढाले २०७४ फागुन ७ गते ताप्लुजुङ्गको ओलाङच्योङ्गगोला देखि पाथीभरा मन्दिरसम्म भएको ट्रेल रङिंग प्रतियोगितामा भाग लिएका थिए ।
२०७५ को कातिकमा भएको माछापुच्छे, अन्नपूर्ण बेस क्याम्पको घान्दुङ्र्ग हुदै धम्पुसम्मको सय किलो मिटर अन्तराष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा धावक वुढा दोश्रो भएका थिए भने, सार्क राष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा आफु प्रथम भएको वुढाले जानकारी दिए । दैनिक आफुलै ट्रेल रङिंग गर्दा १ सय २० किलो मिटरको दुरी पार गर्ने धाबक वुढाले दावी गर्दै आएका छन् । ट्रेल रङिंग सहासिक पर्यटनको सस्तो विद्यामा पर्ने गर्दछ । अन्य सहासिक पर्यटन भन्दा ट्रेल रङिंग कम पैसामा पुरा गर्न सकिने धाबक वुढाले जानकारी दिए । ट्रेल रङिंगबाट ग्रामिण पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्न सकिने वुढाको दावी रहेको छ । डिजिटल सञ्चारबाट ।










