वन मन्त्री बस्नेतद्धारा दर्जन पुलको निरीक्षण

जाजरकोट , २८ बैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले छिन्चु –जाजरकोट सडक खण्डका दर्जन पुल पुलेसाको निरीक्षण गर्नुभएको छ ।
मन्त्री बस्नेतले काममा भएको प्रगतीका विषयमा निर्माण व्यवसायी सँग अन्तरक्रिया , भेटघाट र स्थानीयबासीसँग सेवा प्रवाहका विषयमा छलफल समेत गनुभएको छ । त्यस्तै मन्त्री बस्नेतले मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग)को जाजरकोट भेरी नगरपालिका दारेगौरा र रुकुम पश्चिम चौरजहारी नगरपालिका बीचमा रहेको भेरी नदीको पुलको निरिक्षण समेत गर्नुभएको छ ।
निर्माण व्यवसायीको ढिला सुस्तीका कारण अलपत्र पर्दे आएको भेरी नदीको पुल मन्त्री बस्नेतकै निरन्तर प्रयास पछि स्टामेट बदलेर अहिले पुल निर्माणको काम सुरु भएको छ । पाँच वर्ष देखि अलपत्र परेको सो पुल अव तोकिएको मितिमा निर्माण गर्ने वाँचा निर्माण व्यवसायीले गरेका छन् । लामो समय पछि गृह जिल्ला आउनु भएका मन्त्री बस्नेत विकास निर्माणको अवस्थाका साथै सरकारी सेवा प्रवाहका विषयमा चाँसो लिनुभएको छ । त्यस्तै मन्त्री बस्नेतले ३३ केभी प्रशारण लाइन विद्युतको निरीक्षण समेत गर्नुभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
\
अहिले जाजरकोट जिल्ला भरी विद्युतिकरणको काम तिव्रताका साथ अगाडी बढेको छ । त्यस्तै सांसद तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले विकास निर्माणको गती तिव्रताका साथ भएकाले डोल्पाको विकासका लागि जाजरकोटको सडक राम्रो हुनुपर्ने बताउनुभयो । जाजरकोट भएर डोल्पा सडक लिइएकाले सडक निर्माण र स्तरउन्नती काम जारी रहेको बताउनुभयो । आईतबार हुँने जिल्ला समन्वय समितिको योजना तर्जुमा वैठकमा भाग लिन मन्त्री बस्नेत र सांसद पहाडी जाजरकोट आउँनुभएको हो ।
हेमन्त केसी










