कर्णाली प्रदेशको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड जाजरकोटका केसीलाई

सुशीला रेग्मी

कर्णाली प्रदेशको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड जाजरकोटका पत्रकार हेमन्त केसीलाई प्रदान गरिएको छ । नेपाल लाईफ राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा संचालन भएको फोटो पत्रकारिता अवार्डमा कर्णाली प्रदेशबाट उत्कृष्ट पाँच जना फोटो पत्रकार छनौटमा परेका थिए । प्रतिोगितामा चार जनालाई पछाडी पार्दै पत्रकार केसीले उत्कृष्ट फोटो अवार्ड सहित नगद पुरस्कार हात पार्न सफल हुनुभएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नं ८ हल्चौर स्थाथी घर भएका केसी जाजरकोटबाट बिगत १५ वर्ष अघि देखि पत्रकारिता गर्दै आउनुभएको छ । हाल उहाँ राष्ट्रिय समाचार समिति ९रासस० को जाजरकोट प्रतिनिधि र भेरीखबर अनलाईन डटकममा सम्पादकको रुपमा काम गर्दै आउनुभएको छ ।

फोटो पत्रकारिता अवार्डका निम्ति पर्यटन, यातायात, विकास निर्माण लगायतका एक प्रतियोगिबाट पाँच वटा फोटो प्रतियोगितामा छनौटका लागि समावेश गरिएको थियो ।

पत्रकार केसी संगै दैनिक नेपालका अबिनास लामा, राससका हिकमतबहादुर नेपाली, नयाँ पत्रिका दैनिकका नरजन तामाङ, आर्थिक अभियान दैनिकका प्रविर डडेल अवार्डका लागि उत्कृष्ट पाँचमा छनौटमा पर्नुभएको थियो ।





error: Content is protected !!