मैत्रीपुर्ण फुटवलको उपाधि सञ्चारकर्मी समुहलाई

जाजरकोट, १३ औं लोकतन्त्र दिवसको अवसरमा जाजरकोटमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधि सञ्चारकर्मी समुहले जितेको छ । कुशेगाँउपालिकाको सहयोग, कुशेमालिका अनलाइनको सहकार्य र जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटको आयोजनामा वुधवार सदरमुकाम खलंगामा सञ्चालित जनप्रतिनिधि, कार्यालय प्रमुख र पत्रकार बीचको त्रिपक्षीय मैत्रीपुर्ण फुटबलमा पत्रकार समुहले कार्यालय प्रमुख समुह १ का विरुद्ध २ गोल गर्दै उपाधि जितेको हो ।
त्रिभुवन माध्यमिक विद्यालयको प्रांगण थाप्लेचौरमा भएको खेल अन्तरर्गत बाइ पारेर फाइनलमा खेल्ने अवसर पाएको पत्रकार समुहले जनप्रतिनिधिको समुहलाइ १ का विरुद्ध २ गोलले जितेको कार्यालय प्रमुखको समुहलाइ जितेको हो । उक्त मैत्रीपुर्ण फुटवल प्रतियोगितामा विजयी समुहलाइ रु २२ हजारको खसी र प्रमाण पत्र तथा द्धितीय र तृतीय हुनेलाइ प्रमाणपत्र प्रदान गरिएको छ। विजयी खेलाडीहरुलाइ जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावल र कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त त्रिपक्षीय मैत्रीपुर्ण खेलमा सञ्चारकर्मी समुहको नेतृत्व वीरबहादुर गिरीले गरेका थिए भने कार्यालय प्रमुख समुहको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतीवडाले गरेका थिए । यस्तै जनप्रतिनिधिको नेतृत्व कर्णाली प्रदेश सभा (क) सदस्य गणेशप्रसाद सिंहले गरेका थिए । मैत्रीपुर्ण फुटवल प्रतियोगिताका विजयी खेलाडीलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलले ऐतिहासिक जनआन्दोलनको सम्झना गर्दै आयोजना गरिएको मैत्रीपुर्ण फुटवल निकै महत्वपुर्ण रहेको बताए । निरङ्कुशता माथि जनताको जीत भएको दिनको सम्झना गरेर राज्यका महत्वपुर्ण निकायमा काम गर्ने राष्ट्रसेवकहरुका बीचमा मैत्रीपुर्ण खेल हुनु निकै प्रशंसनीय कार्य भएको प्रमुख रावलले बताए ।
यस्तै कार्यक्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जनताको अभुतपुर्व आन्दोलनको सम्झना गर्न मैत्रीपुर्ण फुटवल प्रतियोगिताले सहयोग गरेको बताए । उनले जिल्लामा जनताको सेवामा प्रत्यक्ष रुपमा सक्रिय निकायहरु बीचमा मैत्रीपुर्ण सम्वन्ध निर्माण गर्न मैत्रीपुर्ण फुटवल प्रतियोगिताले सहयोग गरेको बताए ।
मैत्रीपुर्ण फुटवलको उपाधि जुन समुहले जितेपनि सवैका बीचमा एकता सदभाव र शौहार्दपुर्ण सम्वन्ध निर्माण गर्न चियापान कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार समुहका टोली नेता वीरबहादुर गिरीले बताउनुभयो । उहाँले मैत्रीपुर्ण खेल जित हारको भन्दा पनि जनताका सेवकहरुका बीचको मैत्रपुर्ण सम्वन्ध निर्माण मुख्य कुरा भएकोले सवैले ध्यान त्यता जान जरुरी रहेको बताउनुभयो । मैत्रीपुर्ण खेलवाट सरोकारवाला सवैलाइ लोकतन्त्र जनआन्दोलन र जनताको जीतको स्मरण गर्न सवैले अवसर प्राप्त गरेको जयचन्द्र मिडिया ग्रुप प्रालिका सञ्चालन जनक केसीले बताउनुभयो । उहाँले जनताको ठुलो त्याग र वलिदानवाट आएको लोकतन्त्रलाइ वलियो र सुन्दर वनाउने जिम्मा सवै नागरिक जनताका सेवकको भएको बताउनुभयो ।





error: Content is protected !!