सवस्टेशन निर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या


हेमन्त केसी
जाजरकोट , ८ बैशाख (रासस) ः वातावरणीय प्रभाव मुल्याङकन र स्टामेट नहुँदा १३२ केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा ढिलाइ भएको छ ।
ढिलाइका कारणले चार जिल्लाका स्थानीयबासीहरु दैनिक विद्युत आपुर्तीमा समस्य भोग्दै आएका छन् । त्यस्तै कोहलपुर देखि जाजरकोट सम्म ३३ केभी प्रसारण लाइनको लम्बाई लामो हुदा नियमित विद्युत आपुर्तीमा समस्या आउने गरेको छ । ३३ केभी प्रशारण लाइनको सव स्टेशन ६० किलोमिटर हुनुपर्नेमा कोहलपुर देखि जाजरकोट सम्म १५० किलोमिटर भन्दा बढी लम्वाइ हुँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको विद्युत प्राधीकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताउनुभयो । त्यस्तै सुर्खेत , दैलेख र रुकुम पश्चिमलाइ समेत बाधा उत्पन्न हुँदै आएको छ ।
कर्णाली प्रदेशमा १३२ केभी प्रसारणलाइनको सब स्टेशन नहुदा जाजरकोट , सुर्खेतका स्थानीयले निमित विद्युत सेवा उपभोग गर्न पाएका छैन्न । १३२ केभी सब स्टेशन देखि विद्युत प्रसारण लाईन टाढा हुदा विजुली नियमित हुन नसकेको खड्काले बताउनुभयो। ३३ केभी प्रसारण लाईनको लम्बाई घटाउन र नियमित विद्युत आपुर्ती गर्न उक्त सव स्टेशन कर्णाली प्रदेशमा निर्माण गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
प्रमुख खड्काले भन्नुभयो, “३३ केभी प्रशारण लाईन एक सब स्टेशनबाट अर्को सबस्टेशन सम्मको दुरी ६० किलोमीटर हुने पर्ने हो तर कोहलपुरमा रहेको १३२ केभी सब स्टेशनबाट जाजरकोट कुदुमा रहेको ३३ केभी प्रशारण लाइनको सब स्टेशनसम्मको दुरी १ सय ५० किलोमीटर रहेको छ , ” । त्यस्तै एक सब स्टेशनबाट अर्को सबस्टेशन बीचको दुरीमा ट्रान्सफर्मर नराख्नु पर्नेमा कोहलपुरदेखि कुदुसम्म ५ दर्जन ट्रान्सफर्मर निर्माण गरिएका छन् । त्यसैमा ३३ केभी बाट सिधै ग्राहक सेवा दिंदा ग्रामीण क्षेत्रको एलटी लाईनमा सामान्य समस्या आउदा ३३ केभी नै प्रभावित हुने भएकाले जाजरकोटमा दैनिक धेरै पटक विद्युत सेवा अवरुद्ध हुँने गरेको खड्काले जानकारी दिनुभयो ।
३३ केभी प्रशारण लाइनको छिन्चु देखि जहरेमा बढी समस्या गरेको छ । पानी पर्दा र हावाहुरी छल्दा सुर्खेत कार्यालयले रामघाट सब स्टेशनमा जाजरकोट प्रसारण लाइन बन्द गर्दा दैनिक विद्युत अवरुद्ध हुँने गरेको हो । राकम जाजरकोट क्षेत्रमा समस्या आए तत्काल समाधान गर्ने गरेको भएपनि छिन्चु, जहरे लगायत स्थानमा समस्या आए समाधान गर्न कठिनाई हुने गरेको प्राविकरणले बताएको छ ।
सुर्खेतको राकमबाट आएको ३३ केभी प्रसारण लाइन कुनै सुचना विना विच्छेद हुने गरेको छ । जानकारी विना विद्युत सेवा बारम्बार अवरुद्ध हुने गरेको छ । ‘केन्द्रीय विद्युत लाईन नियमित नहँुदा भेरी नगरपालिकाका लगाएत जिल्लाका ३हजार समस्यमा पर्ने गरेका छन् ।
३३ केभी प्रसारण लाइनको सब स्टेशन भेरी नगरपालिका १३, कुदुमा निर्माण सम्पन्न भएको छ । तीन बर्ष अघि निर्माण शुरु भएको उक्त सब स्टेशन गत महिनादेखि सुचारु भएको छ ।
आरके इन्टरनेशनल फर्मले उक्त स्टेशन रु १८ करोडमा निर्माण सम्पन्न गरेको विद्युत प्राधीकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताउनुभयो । त्यस्तै नलगाड नगरपालिका १२, चौखा र छेडागाड नगरपालिका ५, बडाबनमा पनि ३३ केभी सबस्टेशन निर्माण शुरु भएको उहाँले बताउनुभयो । चालु आर्थिक बर्ष भित्र यस जिल्लाका सात वटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय लाइन पुर्याउने योजना अनुरुप कार्य भैरहेको प्रमुख खड्काले जानकारी दिनुभयो ।
यस बर्ष भेरी नगरपालिकाको पुरै वडा, कुशे गाउपालिकाको वडा नं. ५ र छेडागाड नगरपालिकाको वडा नं. १२ तथा १३ मा विजुली बाल्ने योजना रहेको उहाँले बताउनुभयो । १३२ केभी प्रशारण लाइनको सव स्टेशन सुर्खेतको सुव्वाकुनामा निर्माण हुँने भनिएको भए पनि अझै गती लिन सकेको छैन् । स्टेशन निर्माण गर्नका लागि अहिले जग्गा मात्र लिइएको छ , बाँकी काम अगाडी बढ्न लागि स्टामेट निर्माण र वातारणीय प्रभाव मुल्याङन भएपछि मात्र बढ्ने बताएको छ ।
न्यू वुटवल कोहलपुर सुर्खेत, माथेल्लो कर्णाली ४०० केभी प्रशारण लाइन आयोजनाका प्रमुख अविशेक अधिकारीका अनुसार इटालियन परामर्शदाता कम्पनीले प्राविधिक डिजाइन तयार पारेपछि १३२ केभी प्रशारण लाइनको काम अगाडी बढ्ने छ । वातारणीय प्रभाव मुल्याङनको काम अहिले भइरहेकोले यो टुङगो नलागे सम्म अन्य काम अगाडी बढ्न नसक्ने अधिकारीले बताउनुभयो । अर्को आर्थिक वर्षमा मात्र काम सुुरु गर्न सकिने उहाँले बताउनुभयो ।
पहिलो चरणमा कोहलपुर देखि सुर्खेत सम्म ५४ किलोमटिरको काम अगाडी बढ्ने छ भने अर्को चरणमा जाजरकोट खण्डको काम सुरु हुँने उहाँले बताउनुभयो ।
कोहलपुर बाट ३३ केभी प्रशारण लाइनबाटै बर्दीया , सुर्खेत , दैलेख , रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा विद्युत आपर्ती हुँदै आएको छ । विद्युत प्रशारणका लागि जोडिएका पोलहरु होचा भएका कारण सामान्य समस्य आउँन वितिकै समस्य पटक , पटक आउँने गरेको छ । यो प्रशारण लाइनमा समस्य आउँन वितिकै ६ जिल्लाको विद्युत सेवामा एकै पटक सम्म आउँने गरेको छ ।
–––










