काँङ्ग्रेसले थलहमा जनसभा गर्ने

जाजरकोट ः नेपाली काँङ्ग्रेसले गाउँ जागरण कार्यक्रम अन्तरर्गत वैशाख ११ गते जाजरकोटको थलह वजारमा आमसभा हुँने भएको छ । उक्त कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री तथा काँङ्ग्रेस नेता गगनकुमार थापाले सम्बोधन गर्ने बताएको छ ।थापालाई जाजरकोटको पश्चिममा ल्याएर सम्बोधन गर्ने कार्यक्रम तय भएको काँङ्ग्रेस सभापति दिपकजंग शाहले जानकारी दिनुभयो । थलहमा हुँने आम सभामा उपस्थित हुन जिल्लाका सवै कार्यकर्ता तथा शुभचिन्तक एवं नेताहरु लाइ आग्रह गरिएको काँङ्ग्रेस नेता वेदराज सिंहले बताउनुभयो ।उहाँका अनुसार जाजरकोट (ख)मा पर्ने जिल्लाका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाको आधा भागका जनसहभागिता हुँने छ ।





error: Content is protected !!