दुनैमा छिटै विद्युत सुचारु मन्त्री बुढा

सुकमाया थापा
डोल्पा ः फागुन ४ देखि सुक्खा पहिरोका कारण अवरुद्ध भएको दुनैको विद्युत सेवा सुचारु गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताउनुभयो ।

जैरीगार जलविद्युत आयोजनाको नहर पहिरो कारण भत्किएपछि लामो समय देखि विद्युत सेवा अवरुद्ध भएको थियो । अवरुद्ध विद्युतको मन्त्री बुढाले निरिक्षण गर्दै भन्नुभयो , “ रु ५५ लाख हाराहारीमा बजेटमा नहरको मर्मत गरिने र बिद्युत प्राधिकरणले ढिलाइ गर्ने हो भने प्रदेश सरकारले बजेटको ब्यवस्था गरि मर्मतको काम हुन्छ , ” ।
नहर मर्मतका लागि ठुलीभेरी नगरपालिका– २ का अध्यक्षको नेतृत्वमा निर्माण समिति गठन गरेर २४ घण्टा भित्र काम थालनी गर्न विदूत प्राधिकरण डोल्पा वितरण केन्द्रलाइ निर्देशन दिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका निजी सचिब शेरबहादुर रोकायले जानकारी दिनुभयो ।
प्राधिकरणले रु १ करोड ९० लाख १८ हजारको लागत स्टामेट निकालिएतापनि जम्मा रु ५५ लाखमा नहर मर्मत भई विद्युत सुचारु हुँने बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!