जहाँ पढाई सँगै सीप सिक्दै कमाउँछन् विद्यार्थी

हेमन्त केसी 
जाजरकोट, ६ बैशाख ः यहाँको नलगाड नगरपालिका – ६पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका–१कालेगाउँस्थित शिव मावि को प्राविधिक धारअन्तर्गत कृषि जेटीए अध्ययन गरिरहनुभएको छ । उहाँ नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिनुहुन्छ नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उहाँको सहभागिता हुन्छ । यहाँलाई यति कामले मात्र पुगेको छैन् । विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैं थप प्रयोगात्मक कार्य गर्दै आएका छन् ।
उनी बेमौसमी तरकारी उत्पादन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेका छन् । जुनिचाँदे गाउँपालिका –७ का रमबहादुर पुन प्राविधिक धार अन्तर्गत तीनवर्षे बाली विज्ञानको दोस्रो वर्षमा पढ्दै आएका छन् । उहाँ पनि पढ्ने मात्र नभएर दैनिक विद्यालयमा सैद्धान्तिक ज्ञाका साथै प्रयोगात्मक कक्षामा नियमित सहभागी हुँदै आउनुभएको छ । पुनले दैनिक विहान र वेलुका खेतबारीमै बसेर वेमौसमी तरकारी बाली उत्पादन समेत गर्दै आउनुभएको छ ।
पुन र कुसारी मात्रै होइन, उक्त विद्यालयको प्राविधिक धारका तीन दर्जन विद्यार्थीहरु पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त छन् । विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समय उनीहरूले कृषि कर्ममा लगाउन थालेका छन् । कृषि जेटिए पहिलो वर्ष अध्यान गर्दै आएकी नलगाड नगरपालिका – ८ हल्चौरकी करुणा केसी भन्नुभभयो , “ पढ्दै सिक्दै काम गरिरहेका छौँ , हामी पढ्न भन्दा पनि सीप सिक्न आएका हैँ , ” । करुणाले थप्नुभयो , ‘खेतबारीकामा काम गर्दै पढ्दै गरेमा राम्रो सँग बुझिनुका साथै व्यवहारमा समेत लागु हुँने रहेछ , ” । शिव मावि कालेगाउँले, त्रिभुवन मावि खलंगाको जग्गा र केही स्थानीयबासीका जग्गा भाडामा लिएर विद्याथीका लागि पढाइसँगै प्रयोगात्मक परीक्षा सँगै आम्दानी गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको टमाटर, काउली , आलु र अन्य वेमौसमी तरकारी बाली बिक्री भइरहेको छ ।

आफुले उत्पादन गरेको तरकारी बिक्री गरेर विद्यार्थीले आम्दानी गर्नुका साथै विद्यालयलाइ आम्दानी समेत भएको प्रधानाध्यापक तीलकबहादुर खत्रीले बताउनुभयो । यहाँले भन्नुभयो , “ हामीलाइ बिभिन्न ठाउँबाट तरकारीको बिउँ र अन्य औजारहरु समेत सहयोग भएको छ , सहयोगी हातहरु पढ्दै छन् । प्रधानमन्त्री कृषी आधुनिकरण आयोजना , भेरी नगरपालिका कृषि शाखाले सहयोग गर्दा हामीलाइ काम गर्न सजिलो भएको छ , ”। उहाँले थप्नुभयो , “आफूले जे पढ्यौ , त्यही काम गर्दै विद्यार्थीहरु शिक्षा आर्जन गरिरहेका छन् , रमाउदै पढ्दै र आम्दानी गर्दै गर्दा साचिक्कै जीव उपयोगी सीप समेत आर्जन गरेका छन् ,” ।
प्राविधिक धारतर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती र कुखुरापालन समेत गरेका छन् । विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिदिएको प्रधानाध्यापक खत्रीले बताउनुभयो ।
उर्जाशिल समय र उमेर सही दिशामा लगाएर देशलाइ संमृद्धीको आधार तयार गर्न यहाँका विद्यार्थीहरुको महत्वपुर्ण भुमिका हुँने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो , “सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान दिने पहिलो उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरि काम नगरी खाने भन्ने जमातलाइ भारी ज्ञान दिने गतिलो माध्यम शिव मावि भएको छ , नगरपालिकाले यस कार्यलाइ सधै सर्पोट गर्ने छ ,” ।

हामी जती चलाएमान हुन्र्छौ , त्यति प्रगतीका बाटाहरु खुल्ला हुनेछन् , हिजो एक जमाना थियो ,काम नगर्ने व्यक्तिलाइ मालिक भनिथ्यो ,अहिले जसले बढी काम गर्छ उही नै मालिक हो,” । श्रम सँग मानिसको पद जोडिएको भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो,“ कालेगाउँले जाजरकोटको इज्जत राखेको छ , उच्च प्रोफाइलका मन्त्री शक्तिबहादुर बस्नते जन्मिएको ठाउँ पनि हो यो , काम गर्नुहोस , बजेटको व्यवस्था हामी गर्छौ,”। आज नै प्रधानमनत्री कृषि आधुनिकिकण परियोजनाले ५ लाख बराबरको बिभिन्न वस्तुहरु विद्यालयलाइ उपलव्ध गराएको छ ।










