नलगाड पहुँच मार्गले गती लिएसँगै बारेकोटमा सडक निर्माण तिव्र

हेमन्त केसी
जाजरकोट, यहाँको नलगाड नगरपालिका – ७ दल्लीमा निर्माण हुन लागेको ४ सय १० मेघावाट नलगाड जलविद्युत आयोजनाको बाधस्थल जोड्ने ११ किलोमिटर पहुँच मार्ग सडक निर्माण गती दिइएको छ ।
नलगाड नगरपालिका – ६ कालीमाटी देखि बारेकोट गाउँपालिका – ८ लैखम अधेरी खोला सडक निर्माण हुँने छ । ११ किलोमीटर दुरीको पहुँच मार्गमा रहेको कडा चट्टान विस्फोटक पदार्थबाट निर्माण कार्य अगाडि बढेको छ । अहिलेसम्म ८ किलोमिटर सडक निर्माण भएको छ । खारा भीरमा कडा चट्टान काट्ने काम तिव्र गतिमा अगाडि बढेको निर्माण व्यवसायी रत्न खड्काले बताउनु भयो ।
नलगाड जलविद्युत आयोजनाको बाँध स्थलसम्मको पहुँच मार्गको निर्माणको जिम्मा लामा÷खड्का कृष्ण÷गाल्भा जे.भी कन्ट्रक्सन प्रा लि काठमाडौले लिएको छ । रु ४४ करोड लागतको उक्त निर्माण कार्य अबको १ बर्षमा सम्पन्न हुनेछ । आयोजनाको पहुच मार्ग निर्माणमा विस्फोटनको जिम्मा भने नेपाली सेनाले लिएको छ ।
पहँच मार्ग निर्माण भएपछि बारेकोट गाउँपालिकाका २० हजार बासिन्दालाई सहज हुने छ । साविकका सक्ला, नायकबाडा, रोकायगाउ, रामीडाडा र लहँ गाविसका स्थानीयले सदरमुकाम खलंगा, दल्ली, कालीमाटी लगाएत बजार तर्फ आवतजावत गर्ने एक मात्र उक्त बाटो हो । सडक निर्माण भएपछि दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज हुने स्थानीयले बताएका छन । अहिले कालिमाटी देखि खाराभीर सम्मको साढे ६ किलोमिटर सडक निर्माण भएर जिप सञ्चालनमा आएका छन् । खाराभीरबाट लैखम भीरसम्मको साढे २ किलोमिटर सडक निर्माणको काम भैइ रहेको निर्माण व्यवसायीले जनाएका छन ।
लैखमभीर देखि अँधेरेखोला सम्मको २ किलोमिटर सडक गत बर्ष निर्माण सम्पन्न भएको हो । पहँच मार्ग सडक निर्माण भएपछि नलगाड आयोजनाको कामले गती लिने बताइएको छ ।
सडक सञ्जाल नजोडिएको बारेकोट गाउँपालिका सडक सन्जालमा जोडिनुका साथै दुर्गम गाउँहरुमा दैनिक उपभोग्य मालसामान ढुवानी गर्न सहज सुविधा पुग्ने बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । निर्माण व्यवसायीले ६७ प्रतिशत निर्माणको काम पुरा भएको जनाएको छ ।
यो सडक निर्माण कार्य पुरा भएपछि बारेकोट गाउँपलिका यातायातको पहुँचमा जोडिने छ । अहिले बारेकोट गाउँपालिकाले सडक निर्माण लाइ तिव्रता दिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी अन्य पुर्वाधारहरुमा पनि जनताले अपेक्षा गरे अनुसार काम गरेर देखाउने शाहलेगाउँपलिकाका अध्यक्ष महेन्द्रबहादुर शाह बताउनुभयो ।
बैशाख अन्तिम साता सम्म गाउँपालिकाको केन्द्र लिम्सासम्म मोटरबाटो पुग्ने शाहको भनाइ छ । गाउँपालिकाले आफ्नै लगानीमा ध्यापाटाकुरा देखि गाउँपालिका केन्द्र लिम्सा सम्म १३ किलोमिटर सडक मध्य ९ किलोमिटर सडक निर्माण पुरा जारी रहेको छ । बारेकोटको सडक निर्माणमा ५ वटा स्काभेटर प्रयोग गरेर छिटो भन्दा छिटो सडक निर्माणको काम भइरहेको छ । गाउँपालिकाबाट सडकमा रु ३ करोड वजेट खर्च भएको जनाएको छ । वडा नम्बर ८ सेपुखोला, ९ को सक्ला र ६ को घर्तीगाउँ वडा कार्यालयमा सडक पुगि सकेको र बाँकी रहेका वडाहरुमा १ बर्ष भित्रै सडक पुर्याउने अध्यक्ष शाहले बताउनु भयो । सडक निर्माणमा वजेट अभाव नहुने शाहले बताउनु भयो ।
बारेकोटबासी सवैले सडक विस्तारले दैनिकी फेरिएको महसुस गरेका छन् । सडक निर्माण भएपछि सेपुखोला देखि काउँली बजारसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट गाउँपालिका – ६ करुकाका वीरेन्द्र थापाले बताउनुभयो । पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो अहिले गाउँपालिले मोटरबाटो निर्माण गर्यो जनतालाई धेरै सहज भएको छ, थापाले भन्नु भयो । बारेकोटबासीको सडक सपना पुरा हुदै छ यसैमा हामीले गर्भ गर्नु पर्छ थापाले बताउनु भयो
गत आर्थिक बर्ष २०७४÷०७५ मा गाउँपालिकाले १ देखि ९ वडामा ९ वटा हेलिप्याड तथा खेलमैदान निर्माण गरेको थियो । ३ स्थानमा सामुदायीक स्वास्थ्य एकाई भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । वडा नं ८ को लैखम, ६ को धुमाघर्तीगाउँ, ५ को नायकबाडा, ३ को रुमसिल, १ को सिर्पाचौर, ९ को खारी, १ को धौलाकोट र ७ ट्याट्यारे खानेपानी गरी ८ वटा बृहत खानेपानी आयोजना यसै बर्ष निर्माण हुने छन् । ३ हजार ५ सय ७५ घरपरिवार रहेको गाउँपालिकामा ८ वटा खानेपानी आयोजना बाट २ हजार ५ सय घरपरिवार लावन्धित गाउँपालिकाले जनाएको छ । ३८ वटा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष शिक्षा योजना लागु गर्ने शाहले बताउनु भयो ।
अध्यक्ष शाहले भन्नुभयो, “लिम्साको प्राथामिक स्वास्थ्य केन्द्रलाई स्थर बृद्धि गरी १५ शैयाको अस्पताल बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको सडक गुरुयोजना निर्माणको चरण रहेको छ ,६ वटा वडापालिकाका भवन निर्माण कार्य जारी रहेको छ , ” । त्यस्तै अध्यक्ष शाहले थप्नुभयो , “ ्बारेकोट गाउपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जटीबुडी लगाएतलाई बजारीकरण गर्न सडक निर्माणमा जोड दिएको छ । उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत संरक्षणमा जोड दिएर काम सुरु भएको छ, ” । सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका मानिन्छ । बारेकोटी गाभा, अधुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैचीको उर्वर भुमि रहेको बारेकोटका वस्तीहरुमा स्थानीय उत्पादन बढाएर बजारीकरण गर्ने योजनामा गाउँपालिका रहेको बताएको छ ।










