नयाँ शिक्षकलाई विद्यालयमा बाजागाजा सहित स्वागत

नेत्र शाही जुम्ला,
खलङ्गा चैत्र २९ गते । धेरैजसो सामुदायिक विद्यालयका शिक्षकलाई आउने एउटा सधैभरीको प्रश्न गुणस्तरीय शिक्षामा किन ध्यान दिईदैन भन्ने छ । यसमा पनि सुगुम क्षेत्रमा वा सदरमुकाममा राम्रा शिक्षकहरु केन्द्रीत हुने भएकाले दुर्गम गाउँका विद्यालयहरुले राम्रो शिक्षक पाउदैनन् ।
बुधवार जुम्लाको पातारासी गाउँपालिकाको रिनी गाउँमा रहेको सरस्वति माध्यामिक रिनीमा शिक्षक हाजिर हुन जादा त्यहाँको माहोल र रौनक फरक भयो । जुम्लाका सामुदायिक विद्यालयहरुका लोकप्रिय शिक्षकहरु मध्यका एक जयशंकर धिताल त्यहाँ पुग्दा समुदायको उत्साह निकै ठूलो भएको थियो ।
शिक्षक धिताललाई विद्यालय प्रांगणमा पुग्दा अभिभावक, विद्यार्थीहरुले बाजागाजाँ सहित भब्य स्वागत गरेकाछन् । उनिहरुले लालिगुँरासका माला र अविरले गरेको स्वागत शिक्षक धितालका लागि कहिल्यै नविर्सने ऋण समेत लगाएका छन् ।
गाउँमा राम्रा शिक्षक जादा गरिने सत्कार र स्वागतले रिनी विद्यालय पछिल्लो समयमा जुम्लाका नमूना विद्यालहरु मध्यको एक गणना हुने गर्दछ । त्यहाँ उत्साहित भएर काम गर्ने बातावरण बढ्ने गरेको छ । आफ्ना वालवालिकाहरुको गुणस्तरीय शिक्षाका लागि राम्रो शिक्षक पाएकोले स्वागत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवा खड्काले बताउनुभयो । उहाँले राम्रा शिक्षक गाउँ रोजेर आउदा हामीले गर्ने सानो सत्कारले काम गर्ने जागरुकता बढ्ने गरेको छ ।
विहान १० बजे पारिलो घाममा विद्यालयको गेटमा लालि गुराँसका माला लिएर त्यहाँ पुगेका विद्यार्थीहरुमा पनि उत्साह छायो । अभिभावकहरुले पनि देउता झै सम्मान गरे र हामी अभिभावक भएपनि तपाई वालवालिकाको दोस्रो अभिभावक हो । शिक्षाको उज्यालो दिन अनुरोध गरेका थिए ।
पूर्व शिक्षक भगवान देव चौधरीले नोकरी छोडेर आराम गरेपछि सो विद्यालयमा निमावि गणितको शिक्षक पद रिक्त रहेको प्रधानाध्यापक राजेन्द्र खत्रिले जानकारी दिनुभयो । तर उने माविको समेत कोर्ष जिम्मेवारीलिएका छन् । रिनी विद्यालयमा साविक पटमारा, डिल्लीचौर सहित चन्दननाथ नगरपालिकाबाट पनि गुणस्तरीय पढाई हुने गरेको भन्दै विद्यार्थीहरु पढ्ने गरेका छन् । विद्यालयले गरेको सत्कारले आफु सधै ऋणि भएको र विद्यालयलाई थप नमूना बनाउन आफुले प्रण गरेको नयाँ शिक्षक जय शंकर धितालले प्रतिवद्धता जनाएका छन् । धिताल यस अघि मा.वि हाँकु र कालिका मा.वि तलिकुडुमा कार्यरत हुदा पनि गणित बिषयमा अब्बल शिक्षकको रुपमा विद्यालयले लिने गरेका थिए । ४५० बढि विद्यार्थी भएको सो सरस्वति मा.वि रिनीले यस बर्ष देखी प्राविधिक शिक्षाको आईएससि एजि कक्षा पनि शुरु गरेको छ । आईएससि एजि पढ्ने जुम्ला सहित मुगु, कालिकोट, बर्दिया सहित विभिन्न जिल्लाहरुका विद्यार्थीहरु सो विद्यालयमा पुगेका छन् ।





error: Content is protected !!