७० वर्षमा घरमै नागरिकता

जाजरकोट , ः शिवालय गाउँपालिका – ४ की ७० वर्षीय देउमती बुढाले नातीको साहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउँनुभएको छ ।
जिन्दगीका ७ दर्शक पुगेपछि नागरिकता पाएर उहाँले अव भोट हाल्ने चाहना पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो , “ भोट नै हाल्न नपाएर मरिन्छ की जस्तो लागेको थियो , अव केही वर्ष बाँचे भने भोट र वृद्धभत्ता समेत पाउँने भए , ” । स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता पाए उहाँले भन्नुभयो , “ छोरा, छोरी सवैको नागरिकता थियो , मतदान गर्ने देखि सवै काम नागरिकताबाट गर्थे , मेरो केही नभएकाले सवै कुराबाट बन्चित थिए ,” । जिल्ला पश्चिम क्षेत्रमा पर्ने शिवालय गाउँपालिकामा चैत २४ गते देखि वृहत घुम्ती शिविर सुरु भएको छ । त्यहाँ नागरिकता , उद्योग दत्र्ता , फोटो सहितको मतदाता नामावली संकलन सवै सुरु भएको छ ।
सदरमुकाम आउँन नसक्ने र आर्थिक अवस्था कम्जोर भएका ठुलो संख्यमा रहेका स्थानीयबासीले नागरिकताको प्रमाणपत्रका साथै फोटो सहितको मतदाता नामावली भरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ यो वस्ती विकट छ , सदरमुकाम जाँन दुई दिन लाग्छ सजिलै वृद्ध,वृद्धाहरु सदरमुकाम गएर आउँन सक्ने अवस्था नभएकाले जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा वृहत शिविर सञ्चालन गरेर जनताको घरदैलीमा सेवा प्रवाह गरिएको छ , ” । टेलिफोन सेवाको राम्रो पहुँच नभएको यो क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा सुचना दिन र लिन सधै हम्मे ,हम्मे हुँने गर्दछ ।
नागरिकताकै कारण जिन्दगी भर सरकारी सेवा लिन नपाएका स्थानीयबासीहरु नागरिकता पाएपछि सरकारी सेवा पाउँने अवसर मिलेको भन्दै खुसी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले टेलिफोन मार्फत जानकारी दिनुभयो । वृहत शिविर भएको ठाउँमा सेवा लिन आउँने स्थानीयबासीको बाक्लो् भिड रहेको भन्दै उहाँले भन्नुभयो , “ हामीले अधिकांश स्थानीय तहमा सवै प्रकारका सेवा प्रवाह गर्ने उदेश्यले काम गदै आएका छौ , तर शिविर सञ्चालन गरेको ठाउँमा नागरिकता लिनेको संख्य ठुलो रहेछ , धेरै जनताहरु नेपाली नागरिकता पाउँन बाट बन्चित भएको पाइयो ,” । सदरमुकाम आउँनै नपाएर अधिकांशको नागरिकता लिन नपाएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सहकार्यमा अहिले जिल्लाका अधिकांश ठाउँमा वृहत घुम्ती शिविर हुँदै आएको छ । जिल्लाभारीको तथ्यांक हेर्दा धेरै मात्रामा जनताहरुले नागरिकता अझै नपाएको पाइएको छ ।





error: Content is protected !!