गाउँपालिकामै ७० पछि नागरिकता

जाजरकोट ः जिल्ला प्रशासन कार्यालय , जाजरकोटको आयोजना र शिवालय गाउँपालिकाको समन्वयमा आज देखि घुम्ती शिविर सुरु भएको छ ।

शिविरमा नागरिकता प्रमाणपत्र , फोटो सहितको मतदाता नामावली संकलन र उद्योग तथा बाणिज्य दत्र्ताको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र सिमा औरेलीमा वृहत शिविर सञ्चालन भएको छ । शिवालय गाउँपलिका ४ की ७० वर्षीय जैसरा बुढालाइ नेपाली नागरिकतो प्रमाणपत्र दिएर गाउँपलिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

आज मात्र १४० जनाले नागरिकता पाएको गाउँपलिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।उक्त शिविर चैत २४ देखि २६ गते सम्म सञ्चालन हुँने गाउँपालिकाका अध्यक्ष  शाहीले जानकारी दिनुभयो । उपभोक्ता सचेतना तथा सार्वजानिक सुनुवाइ हुने बताएको छ ।





error: Content is protected !!