रोकी राखेको जीप दुर्घटना, यात्रु हाम फालेर बाच्न सफल

डोल्पा ः डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दीरमा जीप दुर्गघटना भएको छ। चालकले रोकेर राखेको जीप आफै पछाडी गुडेर भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।
बिहान साढे ११ बजे रुपगाडबाट सदरमुकाम दुनै तिर आउँदै गरेको जीप कालिका मन्दीरमा चालकले रोकेर पैसा साट्न सिटिजन्स बैंक गएको बेलामा जीप आफै २० मिटर पछाडि गुडेर सड्कबाट तल तटबन्दमा बजारिएको छ।
जीपमा २ जना यात्रु चढेका भएपनि दुबैजनाले झ्यालबाट हाम फालेर बाच्न सफल भएको प्रहरीले जनाएको छ। आफूले गाडी बन्द गरिसकेको तर सहचालक नभएको कारण यात्रुलाइ फिर्ता दिने पैसा साट्न बैंक गएको समयमा जीप पछाडी गुडेको चालक मदन डाँगीले बताए अन्नपुर्णमा खवर छ ।







