पुर्व मन्त्री बस्नेत द्धारा नाथेखोला जामुने बाझकोट औलवेशी मोटरबाटो उद्घाटन

इन्द्र बुढाथोकी
सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ को नाथेखोला जामुने बाझकोट हुदै औलवेशी मोटरबाटो बुधबार एक कार्यक्रमका बीच पुर्व सामान्य प्रशासन मन्त्री तथा संघीय सासद टेकबहादुर बस्नेत लगाएत कर्णाली प्रदेश सभा सदस्य गुलाब जङ्ग शाह, नगर प्रमुख गोविन्द कुमार पुन लगाएतले बनगाड कुपिण्डे नगरपालिका वडा न ३ को बाझकोटमा रिवन काटेर उद्घाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री बस्नेतले आफुले ३ पटक सम्म पनि चुनाव जिदा पनि कहिले घमण्ड गरेर गाडी चढने बनाउछु भनेर घमण्ड नगरेको तर पनि अहिले गाडी चढने बनाएर नै यस ठाउमा आउन पाउदा असाध्य खुसी भएको बताएका छन । आफुले विकासको लागी सधै लागी रहने पनि प्रतिवद्धता गरेका छन । अहिलेको सरकारले नेकपा विप्लव पार्टीलाइ प्रतिबन्ध नलगाएको र त्यस्ले गरेको अराजक उक्षिङ्खल व्यवाहार, जनतामाथी लगाएको धम्कि त्रास लगाएतका क्रीयाकलाहरुमा प्रतिबन्ध लगाएको बताएका छन ।
भने विप्लव पार्टी सङ्ग कुनै राजनीति एजेन्डा नभएको बताए उसले भन्दै आएको एकृकित जनक्रान्ती भनेको जनताले बुझ्दैनन र आफुले पनि नबुझेको बताएका छन । क्रान्ति गर्नलाई योजना निति नियम हुने पर्ने बताएका छन । आफ्नो पार्टी भित्र अराजक गतिविधि बढिरहेकोले एकतामा समस्या हुने बताएका छन तर अराजक गर्ने कसैलाई पनि छट नहुने बताएका छन । अब हामी जनप्रतिनिधि हरुले विकास निर्माणको।काम देखी आआफ्नो वडा क्षेत्रबाट विदेश जाने युवाहरू रोक्नु पर्ने बताएका छन। आफ्नो कार्यकाल भित्र जिल्लाको रिङ्गरोड बनाएर सडकको पहुँच बाट टाढारहेका जनतालाई सडक संजाल सङ्ग जोडने बताएका छन । त्यसतै नेकपा कर्णाली प्रदेश सदस्य तथा नेकपा प्रमुख सचेतक गुलाब जङ्ग शाहले जनताका आधारभुत समस्या सडक, स्वास्थ ,शिक्षा,खानेपानी, विद्युत, लगाएतका विकासमा टेवा पुर्याउन आफु तत्पर रहेका बताएका छन ।
नगरपालिका भित्र भएको समस्याको बारेमा नगर प्रमुख उपप्रमुख, वडा अध्यक्ष मध्य कस्को गल्ती छ । त्यसको बारेमा जनताले प्रश्न गर्नु पर्ने बताएका छन । नगर सभा ६ महिना पछि हुने त्यही नगर सभा भएको ५ महिना सम्म पनि कार्यपालिकाको बैठक बस्न नसक्नुमा कस्को दोषी हो अब पता लागाउनु पर्ने बेला भएको बताएका छ्न । अब तिनै तहको सरकार कम्युनिस्ट पार्टी भएको बेला पनि जनताले समृद्धिको अनुभुती हुने गरि काम गर्नु पर्ने बताएका छन । त्यस्तै नगर प्रमुख गोविन्द कुमार पुनले पनि आफु नगरपालिकाको विकासको लागी सधै लागिरहेको तर आफुलाइ काम गर्न नदिएको बताएका छन । आफ्नो कार्यकाल भित्र सके सम्म सबै वडामा बिजुली बति बालेर छाड्ने बताएका छन । आफुलाइ पार्टी भित्रबाटै केहि गुटको रुपमा प्रयोग गरेर उपप्रमुख रहित बहुमतको दम्भ देखाएर कुनै पनि निर्णय गर्न नदिएका कारण विकास निर्माणमा ढिलो भएको।बताएका छन भने अब छिटै असले पुर्णता पाएर बिकास निर्माणमा अगाडि जाने बताएका छन ।
कार्यक्रम ३ न वडा अध्यक्ष टेक ब पुन, २ न वडा अध्यक्ष प्रतिमल बुढा वडा सदस्य लगाए स्थानीयको।उपस्थिति रहेको थियो भने कार्यक्रम मोटर बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धन ब पुनले २०७१र०७२ देखी अहिले सम्म तत्कालीन गाविस, नगर, अर्थ मन्त्रालय र स्थानीय पुर्वाधार विकासको १५ लाख गरि जम्मा ५५ लाख ५० हजार रुपैयामा १७ किलोमिटर मोटर बाटो सप्पन्न गरिएको जानकारी दिएका छन । त्यस सडकमा बनगाड कुपिण्डे नगरपालिका १ न वडा, २ न वडा,३ न वडा र ४ न वडाका जनतालाइ सहज हुने अध्यक्ष पुनले जानकारी दिएका छन ।










