दरवन्दी अनुसारको शिक्षक नहुँदा वर्षेनी शैक्षिक अवस्था खस्कर्दै

जाजरकोट, ःजाजरकोटका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको दरवन्दी नहुँदा दैनिक पठनपाठनमा समस्य भएको छ । दर्जनौ विद्यालयहरु दरवन्दी विहिन अवस्थामा सञ्चालनमा रहेको पाइएको छ । एकै शिक्षकले ७० भन्दा माथीको संख्यमा रहेका विद्यार्थीहरु बढाउनु पर्ने बाध्यता रहेको छ ।
शिक्षक दरवन्दि, दक्ष शिक्षक, भौतिक पूर्वाधार, अनुगमन तथा निरीक्षण, नियमित पठनपाठन लगायत अभावले शैक्षिक गुणस्तर कार्यम गर्न समस्य भएको हो । शिक्षक दरबन्दी अभाव, तालिम प्राप्त तथा दक्ष शिक्षकको कमी, शिक्षकको अनियमितता, अनुगमन तथा निरीक्षणको कमीले गर्दा समस्य आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुधिनराज वुढाथोकीले बताए। शिक्षकलाई प्राविधीक सहयोग नपुग्ने परम्परागत प्रणालीको अनुगमनले शैक्षिक गुणस्तर सुधारमा खासै प्रभाव नपार्ने प्रमुख बुढाथोकीले बताए। १ जना प्रमुख र १ जना प्राविधीक सहायकको भरमा जिल्लाको इकाई कार्यालय संचालन गर्न वाध्य भएको उनको भनाइ छ । अहिले जिल्ला तहबाट विद्यालयहरुको अनुगमन तथा निरीक्षण शुन्य भएको छ ।
स्थानीय तहको शिक्षा युवा तथा खेलकुद शाखामा कर्मचारी नहु“दा विद्यालयको शैक्षिक अवस्था थप लथालिंग बनेको कार्यालयले जानकारी दिएको छ । उनका सात स्थानीय तह मध्ये भेरी नगरपालिका र शिवालय गाउपालिकामा शिक्षाका कर्मचारी नै शुन्य रहेको छ । अन्य तहमा १÷२ जना कर्मचारी मात्र काम चलाउको रुपमा रहेको प्रमुख बुढाथोकीले बताए , “ती कर्मचारीले पनि स्थानीय तहका जनप्रतिनिधीको दवाव थेग्न नसकी काम गर्दा थप समस्या भएको र जनप्रतिनिधीलाई रिजाउनेमा जोड गरेका छन्,” ।
जिल्लाका ४ सय ३३ विद्यालयमा ६८ हजार विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा शिक्षक विद्यार्थी अनुपात अनुसार ८ सय ७० शिक्षक अपुग छन् । माविमा दुई सय र आधारभुत तहमा ६ सय ७४ शिक्षक अपुग रहेको प्रमुख वुढाथोकीले भनाई छ । माध्यमिक विद्यालय र ६०÷६५ आधारभुत विद्यालय शुन्य दरबन्दीमा संचालन भएका छन् । यहा“का १५÷२० हजार विद्यार्थी शिक्षण सिकाई विना नै पढाई गर्न वाध्य छन् ।
दरवन्दी अभावमा जाजरकोटमा विद्यार्थी शिक्षक अनुपात उच्च रहेको छ । जसको परिणाम शैक्षिक गुणस्तर बृद्धीमा समस्या आएको छ । शिक्षक विद्यार्थी अनुपातमा भक्तपुरमा प्रति शिक्षक ९ विद्यार्थी, ललितपुर÷काठमाण्डौंमा प्रति शिक्षक ११ जना विद्यार्थी र मनाङ्गमा १ शिक्षकलाई ७ विद्यार्र्थी भाग पर्ने गरेका छन् । तर जाजरकोटमा भने प्रति शिक्षक ६० विद्यार्थी अनुपात रहेको वुढाथोकी बताउछन् । मावि तहमा प्रति शिक्षक ८० विद्यार्थी अनुपात रहेको उनले बताए । यस जिल्लामा १ हजार ३ सय ६५ शिक्षक कार्यरत रहेका छन् । जिल्लाका प्रावि देखि माविमा ८ सय २३ दरवन्दि र ५ सय ४५ राहात तथा अनुदान शिक्षक रहेको छन् । अधिकांश विद्यालय निजी स्तरका शिक्षकको भरमा संचालन हुने गरेकोकार्यालयले बताएको छ । निजी शिक्षकलाई तलव खुवाउन अभिभावक अर्थिक भार वोक्न वाध्य रहेको बुढाथोकीले बताए ।
शिक्षा विभागले प्रति विद्यार्थी अनुदान रकम (पिसीएफ) कटौती गरेपछि शुन्य दरवन्दि विद्यालयका विद्यार्थीको पढाई अलपत्र परेको छ । पिसीएफ कटौतीले १५÷२० हजार विद्यार्थी शिक्षकको सिकाईबाट बन्चित भएका छन् । प्राथमिक देखि माध्यमिक तह संचालन गरेका विद्यालयले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराखे पछि विद्यार्थी पढाईबाट बन्चित भएका हुन् । जाजरकोटका २ सय २७ विद्यालयका २ सय ५० शिक्षकका लागि निकासा हुने उक्त रकम आउन बन्द ह“ुदा पठनपाठन प्रभावित बनेको हो । विभागले २६ माध्यमिक, २सय १० आधारभुत विद्यालयमा आउने उक्त अनुदान कटौती गरेको छ ।
पिसीएफ अनुदान नै कटौती भएपछि विना पारिश्रमिक शिक्षकले पढाउदा पढाइ बन्द भएको हो । विभागले प्राथमिक देखि माध्यमिक तहका प्रति विद्यालयलाई रु ५० हजार देखि रु ३ लाख सम्म उक्त अनुदान निकासा दिंदै आएको थियो ।
विद्यालयमा भौतिक पुर्वाधारको अभावले पनि शैक्षिक गुणस्तर बृद्धमा वाधा पुगेको छ । विद्यालय भवन, शौचालय, खानेपानी, खेल मैदान, कम्पाउण्ड वाल, फर्निचर, पुस्तकालय लगायत पुर्वाधारमा अभावले पठनपमाठनमा वाधा पुगेको छ । ८५ प्रतिशत विद्यालयमा भौतिक पुर्वाधार अभाव रहेको पाइएको छ । त्यसैगरी १८ वटा संस्थागत विद्यालयमा पनि उचित पूर्वाधारको अभाव रहेको छ । भौतिक पुर्वाधारको अभावमा अधिकांश संस्थागत विद्यालयले छाप्रो र खुला आकाशमा पठनपाठन गर्दै आएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!