सांसद पहाडीद्धारा दुःख व्यक्त

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
सांसद पहाडीले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पुर्व शानित मन्त्री पहाडीले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।
बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए ।
प्राकृतिक विपद्मा परेका बारा र पर्सा लगायतका जिल्लाहरुमा विलम्ब नगरी राहत र उद्धारका कार्यलाई प्रभावकारीरूपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनुरोध गर्नुभएको छ । उहाँले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कमी हुन नदिन सरकारसँग विशेष अनुरोधसमेत गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आइतबार साँझ आएको हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ । अकल्पनीय र दुःखद् प्राकृतिक विपद्का कारण निधन भएकाप्रति म भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”










