स्वास्थ्य संस्था आउँन नसक्नेलाइ घरदैलोमा स्वास्थ्य सेवा

हेमन्तकेसी
जाजरकोट, (रासस) ः भेरी नगरपालिका–९ का ६५ वर्षीय कालीबहादुर पुन लामो समयदेखि छाती दुख्ने समस्याबाट पीडित भएको बताउनुहुन्छ । पेट दुख्ने ब्यथा लागे पनि आफूलाई उपचार गर्न लैजाने आफन्त नहुँदा पीडा सहेर बसेको उहाँको दुखेसो थियो ।
शनिबार बिहान घर नजिकै स्वास्थ्य शिविर छ, भन्ने सुनेपछि जाँच गराएर औषधि सेवन गर्न थालेको उहाँको भनाइ छ । नजिक स्वास्थ्य संस्था नहुँदा हिँड्न नसक्ने भएकाले अस्पताल जाँन नसकेको भन्दै पुनले भन्नुभयो, “मेयर र अरु डाक्टर आउनुभएको रहेछ, विस्तार गएर जाँच गराएर औषधि ल्याएर खाना लागेपछि आजबाट दुखाइ कम भएको छ ।”
पीडा सुनाउँदै पुनले थप्नुभयो, “मेयरलाई यिनै हातले भोट हालेको थिए, आज उनकै हातबाट उपचार भयो, खुशी छु बाबु, कल्यान होस्”, त्यस्तै भेरी नगरपालिका–१ डिंगाका ६१ वर्षीया सरिता रानाले २० वर्ष पछि डाक्टरको हातबाट उपचार गराएर औषधि सेवन गर्न थालेको बताउनुभयो । यहाँले भन्नुभयो, “शुरुमा गाउँमा शिविर आएको छ, भन्दा पत्याएको थिइन्, पछि नातिले हजुरआमा डाक्टर, औषधि र भिडियोएक्सरे ल्याएर तल्लो घरमा शिविर चलाएका छन्, भन्ने सुनेपछि हतार, हतार नातीको हात समातेर डाक्टर कहाँ गएर टाउको दुखेको औषधि लिएर आँए ।”
पुन र रानाजस्तै यहाँका १३ वडाका सयौँ अस्पताल आउन नसक्ने र घरायसी काममा व्यस्त हुने बिरामीका लागि घर, आँगनमै उपचार भएपछि स्थानीय सरकार भएको अनुभूति भएको जनयुद्धमा छोरा गुमाएका जयबहादुर रानाले बताउनुभयो ।
नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवासहित घरदैलोमै पुगेर स्थानीयवासीको उपचार गर्न थालेको छ । निःशुल्क घुम्ती शिविर गाउँ, गाउँमा चलाइएपछि यहाँका स्थानीयवासीले खुशी हुँदै आधारभूत सेवा लिन पाएका हुन् ।
नागरिकको घरदैलोमै शिविर राखेर आर्थिकरुपमा पछि परेका, अशक्त, वृद्धवृद्धा तथा बालबालिकालाई स्वास्थ्योपचार गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य जाँच गर्छांै, निःशुल्क औषधि दिन्छौँ र जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउँछौँ नगरप्रमुख घर्तीले भन्नुभयो ।
भेरी नगरपालिकाको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीयको भनाइ छ । शिविरमा भिडियोएक्सरे सेवा, दन्तसेवा र पाठेघर पीडित महिलाको लागि सेवा घरदैलोमा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताउनुभयो । शिविरमा महिलाको समस्या बढी देखिएको डाक्टर भूपेन्द्रप्रकाश मल्लले बताउनुभयो ।
भेरी नगरपालिकाको आर्थिक सहयोगमा १३ चिकित्सकसहितको टोली गाउँ, गाउँमा उपचारका लागि खटिएको छ ।

नागरिकको घरदैलोमै शिविर राखेर आर्थिक रुपमा पछि परेका, अशक्त, वृद्धवृद्धा तथा वालवालिकालाई स्वास्थ्य उपचार गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य जाँच गर्छाै, निःशुल्क औषधि दिन्छौ र जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउछौ नगरप्रमुख घर्तीले भन्नुभयो ।
भेरी नगरपालिकाको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीयको भनाई छ । औषधी , उपचार नपाएरै अकालमा कसैको पनि ज्यान जाँन नपरोस भन्ने हाम्रो चाहना हो भन्दै नगरप्रमुख घर्तीले भन्नुभयो , “ मेरो हजुर आमा, बाजे भनेको समयमा औषधी उपचार गर्न नपाएर समस्यमा परेको मेरौ आँखाले देखेको थिए , म मेरो आफन्त जस्तो विगत मेरो भोट हालेका जनतालाई हुँन दिन्न, ” ।

शिविरमा भिडियो एक्सरे सेवा , दन्त्त सेवा र पाठेघर पीडित महिलाको लागि सेवा घर दैलोमा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेल्वासेले बताउनुभयो । शिविरमा महिलाहरुको समस्य बढी देखिएको डाक्टर भुपेन्द्रप्रकास मल्लले बताउनुभयो । वृद्धहरुलाइ दमको समस्य र महिलाहरुमा पाठेघरको समस्य बढी रहेको पाइयो, डाक्टर मल्लले भन्नुभयो, “ हाम्रो गरिवी र जीवनशैली कम्जोर भएका कारण गाउँ , गाउँमा मानिसहरु रोग पालेर बसेको पाईएको छ , आर्थिक अवस्था कम्जोर हुनुका साथै स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा नहुँदा बहुसंख्यक स्थानीयहरु उपचार नगरेर बसेको पाए ,” ।
भेरी नगरपालिकाको आर्थिक सहयोगमा १३ जना चिकित्सक सहितको टोली गाउँ , गाउँमा उपचारका लागि खटिएको छ । शिविरमा उपचार हुँन नसकेका विरामीलाई बाहिर लिएर उपचार गरिने नगरपालिकाले योजना बनाएको नगरपालिकाले जनाएको छ ।
–––










