जव छलगाउँमा विकासमा छल नहुँदा

सुकमाया थापा 
डोल्पा , ८४ घरधुरी रहेको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँमा विकासका लागि स्थानीय एक जुट हुँने गरेका छन् । गाउँमा आएको वजेट सदुपयोग गर्नका लागि सवै दलहरु एक जुट भएर काम गरिरहेको पाइएको छ ।
उपभोक्ता समिति गठन गर्न समेत अन्य ठाउँमा विवाद भएको समाचार आइरहेको बेला छलगाउँमा भने उपभोक्ता समिति गठन गर्न भद्रसहमती हुँने गरेको छ।
रु १ करोड बराबरको वृहत खानेपानी, रु ३५ लाखको पर्यटन पदमार्ग निर्माण र नगरपालिकाको रु ३० लाखमा मुकुटेश्वर हिमालको पानी ल्याउनका लागि सहज रुपमा काम भएको वृहतखानेपानीका उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर रोकायले जानकारी दिनुभयो । खानेपानी सवै वडामा पुगेको भनदै स्थानीयबासीहरु खुसी भएको स्थानीय जुनचन्द्र रोकायले बताउनुभयो ।
विकासमा एकता र संमृद्धीका लागि एक जुट भएर गाउँको विकास गरेको मष्टा देवीका कुल बिरचन्द्र रोकायाले जानकारी दिनुभयो । उपभोक्ता समिति गठन गर्दा विवाद र भ्रष्टाचार हुँने खवर आइरहेको वेला छलगाउँमा विकासमा छल नभएको कुराले खुसी थपेको स्थानीयले बताए ।










