स्वर्गिय रविन्द्रको सालिक अनावरण

जाजरकोट ः नेपाली कांग्रेस जाजरकोटका पुर्व नेता, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पुर्व सदस्य तथा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटका पुर्व अध्यक्ष स्वर्गिय रविन्द्र शम्सेर शाहको अर्धकदको शालिक जाजरकोट खलंगामा अनावरण गरिएको छ ।

दुइ वर्ष अघि सदरमुकाम खलंगामा हत्या गरिएका शाहको अर्धकदको सालिक स्मृति सभाको आयोजना गरेर अनावरण गरिएको हो । भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरमा हत्या गरिएका शाहको सम्मान र सम्झनामा निर्माण गरिएको अर्धकदको सालिक जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलले एक कार्यक्रमका बीच अनावरण गरे ।

पुर्व साँसद राजिवविक्रम शाह, पाँचतारा युवा संरक्षक मंन्चका कर्मचारी र अन्यको सहयोगमा चार लाख बढीको लागतमा निर्माण गरिएको शाहको सालिक जिल्ला समन्वय समितिका प्रमुख रावलले अविरको टीका र सयपत्रीको माला लगाएर अनावरण गरे । शाहको दोस्रो स्मृति दिवसको अवसरमा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको स्मृति सभाको अवसरमा मंन्चको कार्यालय रहेको शाहकै घरको आँगनमा सालिक अनावरण गरिएको हो ।

सालिक अनावरण तथा स्मृति सभाको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रावलले रविन्द्र शाहको हत्या पास्वीक र निर्मम मात्र नभइ गम्भीर अपराधीक भएको बताए । स्वर्गिय रविन्द्रका वुवाआमाले न्याय नपाउनु भनेको आम जनताले न्याय नपाउनु जस्तै भएको उनले बताए ।कार्यक्रममा पुर्व साँसद गोविन्दविक्रम शाहले रविन्द्रको हत्याले जाजरकोटको युवा अभियानमा ठुलो क्षति पुगेको बताए ।

अपराधिक समुहले रविन्द्रको हत्या गरेर जिल्लाको सामाजिक विकासको लागि शसक्त युवा अभियानमा ठेस पुरयाएको बताए । प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले युवा समाजसेवी रविन्द्रको हत्या गर्नेहरु चरम अपराधी भएको र उनीहरुलाइ कुनै पनि हालतमा कारवाहि हुनै पर्ने बताए ।

समाज र देशले आसा गरेको भरपर्दाे युवाको हत्या गर्नु भनेको समाज परिवर्तनको सकरात्मक यात्रामा अवरोध सिर्जना गर्नु मात्र भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले वताए । हत्या र आतंकले समाज विगार्ने वाहेक कुनै पनि गतिलो काम हुनै नसक्ने उनको भनाइ थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!