जाजरकोट अस्पतालमा ब्लड वैंक स्थापनाका लागि पहल सुरु

जाजरकोट , १४ चैत ः जिल्लाको एक मात्र जाजरकोट अस्पतालमा ब्लड वैंक स्थापनाको कार्य सुरु गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोगमा जाजरकोट अस्पतालमा  ब्लड वैंक स्थापना कार्य सुरु गरिएको हो । अस्पताल ५० शैयामा विकास भए सँगै दैनिक विरामीको चाप बढ्नुका साथै शल्यक्रिया सेवा सेवा सुरु भएपछि ब्लड वैंक स्थापना पहल भएको छ ।
अहिले ब्लर्ड वैंक स्थापनाका लागि पहिलो चरणमा आकस्मिक सेवा उपलव्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “ हामी निरन्तर अस्पतालको भौतिक सँरचना र व्यवस्थापनको पाटो हेरिरहेका छौँ , भाँचिएको खाटमा सुतेर विरामीको उपचार गरिरहनु छ चिकित्सकहरुले ,” ।
अहिले जाजरकोट अस्पतालमा हप्तामा दुई बटा शल्यक्रिया हुँने गरेको छ । रगत नहुँदा दैनिक उपचारमा समस्य भएको डाक्टर महेश सिलवालले बताउनुभयो । रगत दिनुपर्ने विरामी आउँन बितिकै सेना , प्रहरी र डाक्टर आफै रगत दिन तयार हुँनु परेको डाक्टर भुपेन्द्रप्रकास मल्लले बताउनुभयो ।
भेरी नगरपालिकाले अस्पतालको अवस्था सुधार गरी जाजरकोटी जनताको घर, आँगनमै पाउँने सेवा सहज बनाउन लगानीको कमी हुँन नदिने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो ,“ स्वास्थ्य जस्तो संम्वेदनशिल क्षेत्रमा हामी आत्मै देखि काममा लाग्नुपर्छ , अस्पतालको औषधी गायव बनाएर अस्पताल चल्दैन ? , हामी जाजरकोटको मुहार फेर्नका लागि दिनरात लागिपरेको छौँ , ” ।
जिल्ला अस्पतालमा सुधारको खाँचो रहेको भन्दै प्रमुख घर्तीले थप्नुभयो ,“ अस्पतालको भवन निर्माण देखि अव कर्मचारीलाई काममा अनुशासित बनाउन सिसिटिभी क्यामराको निगरानी सम्मको काम थालनी हुँदै छ ,” ।
अहिले जाजरकोट अस्पलातमा शल्यक्रिया सेवा सुरु भएपछि जिल्लाबासीका साथै रुकुम, डोल्पाका स्थानीयबासीले समेत सेवा लिएका छन् । डिजिटल एक्सरे नहुँदा अस्पतालमा विरामीको जाँचमा समस्य परेको चिकित्सकहरुले गुनासो गरेका छन् ।
भेरी नगरपालिकाले अस्पताल सुधारका लागि र भरपर्दो उपचारका लागि कुनै कुरा बाँकी नराख्ने बताएको छ । स्थानीय सरकारको अनुभुती दिलाउनु मुख्य जिम्मेवारी रहेको नगरको भनाइ छ । अहिले नगरभित्रका सवै वडामा घुम्ति शिविर सञ्चालन गरी अस्पताल आउँन नसक्ने विरामीलाइ घरमा उपचार गर्ने व्यवस्था मिलाएर काम सुरु भएको छ । आर्थिक रुपमा पछि परेका , वृद्ध,वृद्धालार्ई शिविरमा विशेष जोड दिएर उपचार हुँने गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!