गाउँमा गाउँमा मेयर निशुल्क घुम्ती शिविर

जाजरकोट , ९ चैत (रासस) ः स्थानीय सरकारले सिंहदरवारको अधिकार गाउँ , गाउँमा पुर्याउने लक्ष्य अनुसार घर,दैलोमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
जिल्लाको भेरी नगरपालिकाले सवै वडामा शुक्रबार देखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हो । स्वास्थ्य संस्था सम्म उपचारका लागि आउन नसक्ने जेष्ठ नागरिकलाई लक्षित गरी प्रथम मेयर निशुल्क स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच लगायतको सेवा सुविधा गाउँमै पाएपछि नगरबासी खुसी भएको प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिनुभयो ।

भेरी नगरपालिका – ११ जगतीपुरमा भएको शिविरमा ३०० जनाभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएको अधिकृत बेल्वासेले बताउनुभयो ।
रुघाखोकी, जोरो, ग्याँष्टिक, लगायतका समान्य खालका रोगहरुका विरामीहरु बढी मात्रामा उपचार भएको छ । गाउँ , गाउँमा चिकित्सक सहित शिविर सञ्चालन भएको खवर पाएपछि ठुलो मात्रामा उपचार लिन आउनेको भीड लाग्ने गरेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।
यसै बीच जाजरकोटमा २५ वर्ष पछि खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमण गरेको छ । कार्यालय स्थापना भएको दुई दर्शक वित्दा सम्म जाजरकोटका बजार नगरेको कार्यालयले शुक्रबार बजार अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बजार अनुगमन कार्यलाइ तिव्रता दिएपनि डिभिजन कार्यालयबाट २५ वर्ष पछि अनुगमन भएको हो । तस्वीर पनि उपलव्ध छ ।











