वडा अध्यक्षको सहि कृत्य गरेर पेश्की रकम निकासा

सुकमाया थापा
डोल्पा , डोल्पामा आफुखुसी मन परेको व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरी रकम झ्याम पार्ने परिपाटी त न्यौलो होइन , तर अहिले स्थानीय सरकार गठन भइसक्दा सम्म पनि सोही पुरानै तरिले उपभोक्ता समिति गठन हुँदा विकास भन्दा पनि बिनास हुँने सम्भावना बढी देखिएको छ ।
भर्खरै मात्र मुड्केचुला गाउपालिका स्थित कालिका,रिङ्ग,इल,सुर हुँदै नर्कु सम्म जोड्ने पर्यटकीय पदमार्गको बाटोमा पनि मन परेको व्यक्ति राखेर उपभोक्ता समिति गठन गरिएको छ । रु ३५ लाखको पर्यटन पदमार्ग को समिति गठन गर्दा समुदायलाई भेला नगरी सिमित टाँठाबाठा व्यक्तिले उपभोक्ता समिति गठन गरेको पाइएको छ ।
स्थानीयको भेला नगरी ,आम भेला बसेको भन्दै सरस्वती गिरी अध्यक्ष रहेको उपभोक्ता गठन गरीएको खुल्न आएको छ । पुस २५ गते ने.क.पाको पार्टी एकताका लागि जम्म भएका कार्यक्रताको तस्वीर राखेर डिभिजन बन कार्यालयमा गइ सम्झौता गरिएको पाइएको छ । वडा नं १ का वडा अध्यक्ष भानुभक्त बोहराले दिएको भनिएको पहिलो सिफारिसमा चलानी नं 65 छ , भने दोस्रो सिफारिमा चनं ८ रहेको छ । पहिलो रिफारिस पुस २५ मा गरिएको छ भने दोस्रो चैत ३ गते गरिएको अभिलेखमा पाइएको छ ।

यि सिफारिस गर्दा वडा अध्यक्ष बोहोरा काठमाण्डौ रहेकोले कृत्य गरेको बताएका छन् । गाउँपालिकाले वुझदा आफुले सिफारिस नदिएको अध्यक्ष बोहोराले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै अर्का वडा ४ का अध्यक्ष जगबहादुर बुढा डोल्पा नरहेको समयमा फागुन १० सिफारिस दिएर वन डिभिजन कार्यालयबाट पेश्की रकम लिएको खुलासा भएको छ ।

कृत्य गरी लिएका सिफारिसका आधारमा डिभिजन वन कार्यालयबाट रकम निकासा नगर्न र लिएको पेश्की रकम समेत फिर्ता गर्न गाउँपालिकाले चिठी लेखेको छ ।










