विकास भन्दा विवादमा सकियो वर्ष दिन


सुकमाया थापा
डोल्पा ः स्थानीय सरकार गठन पछि विकास निर्माणको कामले तिव्र पाउँने आशमा रहेका डोल्पा ठुलिभेरी नगरपालिकाका स्थानीयबासी अहिले निरास भएका छन् ।
सरकार गठन देखि नै विवादको घेरामा पदै आएको ठुलिभेरी नगरपालिका दैनिक विकासे काम भन्दा भन्दा समस्यको चाँङ थुर्पीदै जाँदा हैरानी परेको छ । प्रशासकीय केन्द्र कहाँ बनाउने विषयमा विवाद भारी रुपमा चलिएपछि यहाँका स्थानीयहरुको विकासरुपी मन निरासा र कुण्ठामा परिणत भएको नागरिक अगुवाहरुको भनाइ छ । प्रशासकीय केन्द्र दुनैबाट जुफाल सारेपछि सुरु भएको तनाव अझै मत्थर हुन सकेको छैन् । विक्रम संम्वद २०७४ फागुन १६ गते सरकारले स्थानीय तहले गरेको सिफारिसको आधारमा ठुलिभेरी नगरपालिकाको केन्द जुफाल तोकेपछि सुरु भएको विवाद अझै रोकिएको छैन् ।
नगरप्रमुख गणेसबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सुनारले जालसाँझी गरेको आरोप लगाउँदै ठुलिभेरी नगरपालिका – ४ का अध्यक्ष जीवराम बुढाले भन्नुभयो “ नगर सभामा छलफल नै नगरि प्रशासकीय केन्द्र जुफाल हुँने सिफारिस गरिएको रहेछ , हामीलाइ धेरै पछि थाहा भयो ”।त्यस्तै अदालतबाट यो विषयमा छिटो फैसला भएको भए विकासका काम देखि अन्य काम गर्न सजिलो हुँने भन्दै वडा ३ का अध्यक्ष अर्णबहादुर न्यौपाने भन्नुहुन्छ “ अहिले सम्म जनतालाइ दिन नसकेको सेवा प्रति हामी माफी चाहान्छौँ ” ।
अव बैशाख सम्म अदालतबाट फैसला हुँने आशामा रहेको संर्घष समितिका संयोजक बविकिशोर गुरुङले बताउनुभयो । केन्द्र विवादको कारण ठुलीभेरी नगरपालिकाका १,२,३,४,६,१० र ११ वडामा कुनैपनि विकास निर्माणका काम हुँन नसकेको बताएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने दुइ मन्त्री भएपनि केन्द्र विवादको मुद्धा सुल्झाउन नसक्नु दुखद भएको स्थानीयबासीको भनाइ छ ।










