बारेकोटमा पत्रकारिता तालिम

कालीप्रसाद थापा
जाजरकोट , बारेकोट गाउँपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंंघ , जाजरकोटको आयोजनामा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । चार दिन सम्म चल्ने उक्त तालिममा २४ जना प्रशिक्षार्थी रहेका छन् ।
बारेकोट गाउँपालिकालकामा पत्रकार उत्पादन गरी थप मिडियाको पहुँच विस्तार गर्ने नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दीपबहादुर घर्तीले बताउनुभयो । तालिममा पत्रकार राजेन्द्र राजेन्द्र कार्की , पत्रकार महासंघका कोषाध्यक्ष दीपबहादुर घर्ती , बद्री पन्तले प्रशिक्षण दिने छन् ।










