‘विप्लव समूह’कोे संरचना, भत्काउन कस्सियो सरकार

काठमाडौं । राज्य विप्लवको नारा लिएर शान्तिपूर्ण अभियान चलाएको सीके राउत नेतृत्वको शक्तिलाई नेपाली राजनीतिक मुलधारमा फर्काउर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विप्लव माओवादी’प्रति भने कठोर कटाक्ष गरेका थिए । शुक्रबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीले भनेका थिए ‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह विप्लव वा प्रकाण्ड भने हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्नेगरी भन्न चाहन्छु ।’ त्यसको केहीदिन पछि गृहमन्त्री राबहादुर थापाले बुटवल पुगेर प्रदेश ५ को सुरक्षा समितिको बैठकलाई सम्बेधन गर्दै प्रम ओलीकै बोलीमा लोली मिलाएर भने ‘संविधान विरोधी तत्वलाई निस्तेज परिन्छ ।’ मन्त्री थापाले विप्लव माओवादीप्रति कडा रवैया अपनाउन सुरक्षा निकायलाई निर्देशन दिदै भने ‘संविधान विरोधी शक्तिप्रति असहिश्णु बन्नु ।’ गृहमन्त्रीले शान्ति सुरक्षाको निम्ति खतरा असामाजिक अपराधिक तत्वहरु बाट हुदै आएको भन्दै यस्ता असामाजिक अपराधिक तत्वहरुलाई नियन्त्रण र निस्तेज पार्न सरकारले महत्वपुर्ण कदम उठाएको बताए । उनले आउने दिनमा यस्ता तत्वहरुलाई निस्तेज पार्न ठोस कदम उठाउने बताए ।
त्यसको केही दिन नेपाल प्रहरीले विप्लवको आधार इलाका मानिएका क्षेत्रमा छापा मामारेको थियो । विप्लव माओवादीले ध्वसात्मक गतिविधिलाई तिबै बनाएलगत्तै कपिलबस्तु स्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा हानेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते समेत भएका थिए । सरकार ले विप्लव माओवादीपै्रति आक्रमक हुने संकेत देखाए लगत्तै विप्लव माओवादीले पनि विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध नेपाल बन्दजस्ता कार्यक्रमको घोषणा गरेको थियो । सरकार विरुद्ध कडा रवैया देखाएको विप्लव माओवादी विरुद्ध सरकारले प्रतिवन्ध लगाएको छ साथै विप्लव माओवादीका संरचना ध्वस्त पार्ने तयारी गरेको छ । नेपाल प्रहरी उच्च श्रोतका अनुसार प्रहरीले विप्लव माओवादीको संगनात्मक तथा सैन्य संरचना र क्षमताको आँकलन गरेर आक्रामक योजना तय गरेको हो । विप्लव माओवादीका नेता र उनिहरूले नेतृत्व गरेको पार्टीका नेताहरूको कार्यक्षेत्र र संरचना बोकेर नेपाल प्रहरी देशव्यापी अभियानमा लाग्ने तयारीमा लागेको छ ।
यस्तो छ नेपाल प्रहरीले संकलन गरेको ‘विप्लव माओवादी’को संरचना विप्लव माओवादीको महासचिवमा नेत्र विक्रम चन्द विप्लव छन् । हाइकमाण्ड ५ सदस्यीय छ । जसमा प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ हेमन्त प्रकाश ओली,धेर्मेन्द्र बास्तोला र सन्तोषा बुढामगर छन् । विप्लव माओवादीले देशभर ३ ओटा कमाण्ड बनाएको छ ।











