बहुमत दम्भले हाम्रो कुरा सुनिएन , हामीले सके जती मिलाएकै छौ अध्यक्ष बस्नेत

जाजरकोट , कुशेगाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बहुमतको बलमा मिचेर लिन खोजेको आरोप अल्पमतमा रहेका जनप्रतिनिधीले आरोप लगाएका छन् ।
बहुदलमा पनि एकदलिय शैलीमा अगाडी बढ्न खोजेको आरोप उहाँ माथी लागेको छ । नेपाल कांग्रेसबाट कुशेगाउँपालिका जितेका उहाँहरुले अल्पमतको कदर सम्म नगरेको आरोप लागेको छ । उत्ता गाउँपालिकाका अध्यक्ष बस्नेतले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बहुमत र अल्पमत नभइ विकासका एजेण्डाहरु मिलाएर लिएको दावी गरेका छन् ।
उनले यो आर्थिक बर्षमा भएको विकास खर्च देखि आफ्ना महत्वपुर्ण कार्यहरु सार्वजानिक समेत गरेका छन् । उहाँले अघेल्लो वर्ष गरेका कामको प्रगती बिवरण पत्रकारहरुलाइ सुनाउनुभएको थियो । विकास खर्च निरासाजनक भएको पाइएको छ ।
उहाँले एक करोड भन्दा तलको योजनामा जसले जे चिठी पठाएपनि डोजर प्रयोग गर्ने समेत दावी गर्नुभयो । गाउँपालिकाले गरेका निर्णयबाट एक कदम पछि नहट्ने उहाँको भनाइ छ ।










