किन खाने लसुन

बिहान खाली पेटमा काँचो लसुनकोे केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ । रक्तसञ्चार नियमित हुनुका साथै मुटुरोगलाई समेत फाइदा गर्छ ।
लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ । यसमा हुने हिलिङ गुणले शरीरमा रहेको फ्री अक्सिजन रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ ।
लसुनमा ब्याक्टेरियाप्रतिरोधी क्षमता तथा पीडानाशक गुण हुन्छ । त्यसैले यसको केस्रा चपाउँदा दाँत दुखाइ कम हुन्छ ।
नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ । दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस, फोक्सोमा पानी जम्नेलगायत समस्याबाट
छुटकारा मिल्छ ।










