फेरी बुद्धका मुर्ति चोर पक्राउ

सुकमाया थापा

डोल्पा ः डोल्पामा प्रहरीले एकपछि अर्को सफलता हात पार्दै गएको छ । बर्षौ पहिला देखि हराएका बहुमुल्य बुद्धका मुर्ति चोरी गर्ने चोरहरु एकपछि अर्को गर्दै प्रहरीले पक्राउ गरि रहेको छ ।
गएको जेष्ठ– २७ शे फोक्सुण्डो गाउँपालिका – ८ रिग्मोको थासुङछोलीङ गुम्बाबाट मुर्ति चोरी गर्ने २ जना पक्राउ परेका छन् । गुम्बाका मुल पूजारी लटई लामामा दाई साङ्गे लामाको घरमा परापूर्व कालदेखि पुजा गर्दै आएका पौराणिक मुर्तिहरु ७ थान चोरी गर्ने पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा शे फोक्सुण्डो गाउँपालिका –८ रिग्मो गाउँका ४० बर्षिय छुल्डीम नाम्क्याल रोक्का र त्रिपूरासुन्दरी नगरपालिका –७ छल गाउँका बर्षीय ४० कै ईन्द्रबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गुम्बाबाट चोरी हुने डरले बर्षौ पहिला लटईका बाबु युङडुङले आफ्नै घरमा राखेको र बर्षमा एक पटक आफुले पुजा गर्ने गरेको लटई लामाले जानकारी दिएको बताएको छ । उनिहरुले ८ वटा मुर्ति मध्य ७ वटा चोरी गरेको र एक थान उतै छोडेको प्रहरीले जानकारी दिएको छ ।
साङ्गे लामाका परिवार यार्सागुम्बा टिप्न पाटन गएको अवसर पारि छुल्डीम र ईन्द्रले छलगाँउमा योजना बनाइ मुर्ति राखिएको घरको साङले कप्जा लगाएका ४ वटा ढोका फोडेर चोरी गरेको स्वीकार गरेको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिनुभयो ।
डिएसपी बिष्टका अनुसार मुर्ति बेचेपछि एक जनाको भागमा एक करोड भन्दा धेरै रकम आउने देखेपछि चोरी गरेको र छिमेकी देशमा निर्यात नभएको बताएकाले मुर्तिहरु नेपालमै रहेक आशंका गरिएको बताउनु भयो ।
पक्राउ परेका दुई जनाले चोरी गरेको स्वीकार गरेकोले आवाश्यक कारवाही हुने र एक जना भने अझै फरार रहेको डिएसपी बिष्टले बताए । सक्दो प्रयास भै रहेकोले मुर्ति सहित पुनस्थापनागर्ने कोसिस गरि रहेको बिष्टले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्ष डोल्पामा आएदेखि हाल सम्म पूस २२ गते पुस ११ गते माघ ११ गते र फागुन २७ गते गरि ४ पटक मुर्ति चोर पक्राउ गरि सक्नु भएको छ । हाल सम्म ३ जना जेल चालन भएका छन २ जना धरौटि र २ जना फरार रहेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!