विप्लव समूहको चन्दाको चिठी दैलेखका गाउँ गाउँमा

दैलेख ः दैलेखमा विप्लव नेतृत्वको नेकपाले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजिनामा दिन पत्राचारसँगै चन्दाको चिठी थमाएका छन् ।
समूहले पत्र मात्र नभएर फोनबाटसमेत चन्दा असुलीबारे कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख गणेशबिक्रम शाहलाई संवेदनशिल स्थानहरुमा सुरक्षा बल बढाउन आग्रह गरेका छन् ।
प्रदेश प्रहरी प्रमुखसँग गुनासो गर्दै गाउँपालिका उपाध्यक्षले भनिन् ुअनुगमनमा जाँदै थियौं, फोन आयो, राम्रोसँग योजना अनुगमन गर्नुहोला, कामको प्रभावकारी मुल्याङकन गर्नुहोला, स्टिमेटका आधारमा काम भएको छ कि छैन् हेर्नुहोला ।ु भन्ने निर्देशन आएको छ । तपाइ को हो भन्ने प्रश्न गर्दा ुहामी बिप्लव हो हामीलाई चन्दा अनिवार्य दिनुपर्दछ नत्र राम्रो हुँदैन्ु भन्ने उत्तर आएको उनले बताइन् ।
यस्तो किसिमको फोन र धम्कीहरु अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताए ।
जनप्रतिनिधिहरुलाई ढुक्क भएर काम गर्न कर्णाली प्रदेश प्रहरी प्रमुखको सुझाव
दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर काम गर्न कर्णाली प्रदेशका प्रहरी प्रमुख महेश बिक्रम शाहले आग्रह गरेका छन् । प्रहरीले अराजक गतिविधि गर्ने र संविधान बिपरित कार्य गर्ने सवैलाई कारवाही गर्ने छ।ु उनले भने यस्ता गतिविधि नियन्त्रण गर्न र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरि कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने छौ ।










