गौतमको पहलमा निशुल्क तेकाण्डो खेल सिक्दै डोल्पाली यूवाहरु

सुकमाया थापा
डोल्पा ः हिमाली जिल्ला डोल्पामा पहिलो पटक तेकाण्डो खेल सुरु भएको छ । खेलाडीलाइ खेल खेल्न र सिक्नका खेल मैदान नहुँदा समस्य भएको गुनासो गरेका छन् । पुष १५ गतेदेखी निः शुल्क तेकाण्डो अभ्यास सुरु भएको हो । जिल्लाका यूवाहरुको चाँसो र जागरलाइ मध्यनजर गदै ठुलीभेरी नगरपालिका – ३ दुनैमा अभ्यास सुरु भएको हो ।
दैनिक अभ्यास गर्नका लागि समस्य भएको खेलाडीको गुनासो छ । रुकुमका प्रशिक्षक डेविड महताराले पुस १५ देखि खेल सिकाउन थालेका हुँन् । इच्छा र उत्सुकता भएपनि अबसरको अभावमा यहाँका यूवाहरु समस्यमा परेका बताएका छन् । राज्यले लगानी गरेर खेलप्रतिको मोह बढाउन उहीहरुको सुझाव छ । गौतमले यहाँका यूवाहरुलाइ निशुल्क रुपमा यो खेल खेलाएको बताएका छन् ।
पहिलो चरणमा २८ जना यूवाहरु खेलमा सिक्न सहभागि भएका छन् । प्रत्येक दिन विहान साढे ५ बजेदेखी ८ बजे सम्म र बेलुका ५ बजे देखी ७ बजे सम्ममा खेल हुने प्रशिक्षक हुँने डेविड महताराले बताएका छन् ।
खेल खेलाउन र सिकाउन उचित ठाउँ नभएको भन्दै स्थानीय सरकारले यो विषयमा ध्यान दिनुपर्ने प्रशिक्षक गौतमले बताए । अभ्यास गरिरहेका सरस्वती महतारा भन्नुहुन्छ “ हामीलाइ उचित खेल मैदान र व्यवस्थापनका लागि सरोकारवाला निकाय गम्भिर हुँनुपर्छ ” ।










