टावरको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा

सुकमाया थापा
डोल्पा ः देशका केही ठाउँमा नीजि प्रदायक कम्पनी एनसेलको टावरमा आक्रमण हुँने क्रम बढेपछि डोल्पामा पनि सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी , शसस्त्र प्रहरी वल लाइ सदरमुकाम दुनै लगाएतका ठाउँमा व्यापक परिचालन गरी अपरिचित व्यक्ती देखिन साथ सोधपुच गर्न थालिएको छ । अज्ञात समुहद्धारा एनसेलका टावरमा आक्रमण बढेको भन्दै सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
आकाशमा बादल देखिन साथ बन्द हुन्छ टेलिफोन सेवा
डोल्पा ः आकाशमा बादल देखिन साथ टेलिफोन सेवा अवरुद्ध हुन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ ? तर डोल्पामा यस्तै हुँदै आएको छ । जिल्ला सदरमुकाम दुनै लगाएत ग्रामीण क्षेत्रमा रहेका नेपाल टेलिकमका टावरहरु आकाशमा बादल देखिन साथ बन्द हुँने गरेका छन् । सौर्य उर्जाबाट सञ्चालनमा रहेका टेलिफोन टावरहरु आकाशमा बादल देखिन साथ बन्द हुँने गरेका हुँन् । पुराना तथा कम क्षमताका सोलार प्राविधि जडान गरिएका कारण सामान्य बादल लाग्न साथ सेवा बन्द हुँने गरेको हो । जिल्लाका दुर्गम गाउँमा रहेका प्रहरी कार्यालयबाट सदरमुकाम स्थित दुनैमा सम्पर्क गर्न समेत मुस्किल भएको प्रहरीले जनाएको छ । सदरमुकामको विद्युत सेवा अवरुद्ध भएपछि थप टावर सञ्चालनमा समस्य परेको हो ।
पत्रकारिता तालिम हुँदै
डोल्पाको मुटकेचुला गाउँपालिकामा आधारभुत पत्रकारिता तालिम हुँने भएको छ । भेरी खवर मिडिया आयोजना र मुट्केचुला गाउँपालिका आर्थिक सहयोगमा आधारभुत पत्रकारिता तालिम हुँन लागेको हो । फागुन १५ गते देखि सुरु हुँने आधारभुत पत्रकारिता तालिममा एक दिने जनप्रतिनिधी सँग विकासका लागि मिडिया विषयक अन्तरक्रिया हुँने भेरीखवरका सम्पादक तथा मुख्य प्रशिक्षक हेमन्त केसीले बताउनुभयो । तालिम १८ गते सम्म चल्ने छ । दुर्गम गाउँमा विकास र संमृद्धीका कुरा हरु भएपनि मिडियाको पहुँच नहुँदा सधै औझेल पदै आएकोले सो उजागर गर्न यो तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।










