माक्सको पुजीबाद पुरानो भयो डा भट्टाइ

जाजरकोट , नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्राइले देशमा हरेक खालका आन्दोलन भएपनि जनताले अधिकार पुर्ण रुपमा नपाएका बताउनुभयो ।
असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जाजरकोटका स्थानीयले गरेको प्रश्नको उत्तर दिदै डाक्टर भट्राइले भन्नुभयो “ देशलाइ परिर्वतन गर्न अव देशमा अझै ठुलो खालको आन्दोलनको जरुरी भएको छ , संविधान घोषण हुँदा म भित्र ,भित्रै आमसिक दुखी भएपनि बाहिर खुसी भएको मत देखाउनु पर्ने थियो , किनकी त्यो संविधान पुर्ण थिएन ” ।
संविधानमा अहिले पनि छोरा,छोरी माथी बिभेद गरिएको बताउदै उहाँले सासकिय स्वरुप नै अधुरो भएको आरोप लगाउनुभयो । महाशक्ती दुइ देशको बीचमा नेपाल भएकाले ठिक तरिकाले अगाडी बढ्न सकिएन भने हामी समस्य पर्ने बताउनुभयो ।
अन्य विश्व भन्दा २ सय बर्ष पछि रहेको नेपाल अव नयाँ आर्थिक क्रान्ति गरेर अगाडी बढ्नका लागि उही पुरानो बाटो बाट हिडियो भने हामी निश्चित गनतव्यमा पुग्न नसक्ने उहाँको दावी छ । माक्सको पुजीबाद पुरानो भएकाले अव नयाँ बिचारको बाटोमा लम्किनु पर्ने उहाँको दावी छ । विदेशीको लगानी बिना नेपालको विकास सम्भव नभएको उहाँको भनाइ छ ।










