मन जित्दै जाजरकोट अस्पताल

  
हेमन्त केसी 

जाजरकोट,  एक समय थियो , जाजरकोट अस्पताल भन्न बितिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइला समेत टेक्न स्थानीयहरु हिचकिचाउथे । अहिले जिल्ला अस्पताल नयाँ व्यवस्थापन समिति पाए सँगै नयाँ सेवा सुविधा थपिएपछि सवैको भरोसाको केन्द्र बिन्दु बनेको छ । अहिले अस्पतालमा शल्यक्रिया सेवा देखि बिरामीलाइ उचित सल्लाह , सुझाव र परामर्श दिएर राम्रो विश्वास आर्जन गरेको छ ।
हप्ता दिन देखि शल्यक्रिया सेवा सुरु गरेर अस्पतालमा आधा दर्जन बिरामीकोको शल्यक्रिया समेत गरिसकेको अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो । २४ औ घण्टा सेवा बिस्तार गरी अस्पतालले स्थानीयको समस्य जतिसक्दो हल गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारको मताहातमा रहेको जाजरकोट अस्पताल अहिले प्रयाप्त भौर्तिक संरचनाको अभावमा अझै भनेको जती सेवा प्रवाह गर्न मुस्किल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । ५० शैयाको जिल्ला अस्पतालमा एक महिना अगाडी सुत्केरी सेवा समेत राम्रो सँग दिन नसक्दा आलोचनाको भारी मात्र बोकेको थियो ।
सामान्य उपचारका लागि नेपालगन्ज , काठमाण्डौ र भारतको लखनउ सम्म जाजरकोटका स्थानीयबासीहरु उपचारका लागि जाने गर्दथे । अहिले नयाँ व्यवस्थापन सँगै शल्यक्रिया सेवा , आकस्मिक सेवा , विशेषज्ञ सेवा समेत उपलव्ध भएको छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य सँस्थाले सिफारिस गरेका बिरामीहरुको उपचार देखि दैनिक आउँने बिरामीको निगरानी ,सल्लाह र सुझाव दिने कार्य बढेको डाक्टर भुपेन्द्रप्रकास मल्लले जानकारी दिनुभयो ।
अर्थ अभावका कारण अस्पतालको व्यवस्थापनमा समस्य परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले भन्नुभयो “ यो जिल्लाको सम्पती हो , यहाँ राज्यले लगानी गरेको छ त्यसैले यहाँबाट पाइने सेवा, सुविधाका बिषयमा जनताले गुनासो गरेको म सुन्न सक्दिन , निर्वाद रुपमा सवैले मेरो भन्ने भावनाले काम गरी सेवामुखी व्यवहार गर्न म आग्रह गर्दछु ” । अस्पताल व्यवस्थापन समितिको कुर्सी मात्र औगटका लागि यहाँ आएको नभइ केही नतिजा निकाल्न आएको भन्दै बस्नेतले भन्नुभयो “अस्पतालमा हुँने बिभिन्न खालका समस्य र नागरिकले पाउँनुपर्ने सुविधाका बिषयमा केही समस्य भएमा मलाइ तुरुन्त खवर गर्नुहोस म , उचित पहल लिन्छु ” ।
बर्षेनी औषधी अभाव देखि डाक्टर अभावको सिकार बन्दै आएको जाजरकोट अस्पतालले नयाँ विशेषज्ञ चिकित्क पाउँनुका साथै सेवा समेत बिस्तारले जिल्लाबासीलाइ खुसी बनाएको छ । लाखै खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख लामाले जानकारी दिनुभयो । प्रमुख लामाले भन्नुभयो “ म यहाँ जागरि खान मात्र आएको होइन, जाजरकोटको परिचय बदल्ने मेरो अर्को योजना छ , मलाइ साथ ,सहयोग चाहिएको छ ” । भाँचिएको खाटमा सुतेर सेवा दिएको बताउदै चिकित्सकहरुले दुर्गममा सेवा गर्न पाँउनु भाग्य भएको बताएका छन् ।
सुत्केरी गराउनका लागि प्रयाप्त ठाउँको अभाव र ब्लड वैँक स्थापना भएको भए थप उपचारमा सहज हुँने चिकित्सको भनाइ छ । बिरामीलाइ उपचार गर्दा गदै रगतको अभाव भएमा आफै रगत दिएर बचाउने काम समेत भएको डाक्टर मल्लले बताउनुभयो । सेना , प्रहरी , शसस्त्र प्रहरी , स्वास्थ्यकर्मीले समेत रगत दिएर बिरामी बचाउने गरेको उहाँको भनाइ छ ।
जाजरकोटको परिचय सधै दुर्गममा मात्र होइन, सुन्दर र भरपर्दो जिल्लाका रुपमा स्थापित गर्न खोजेको उहाँको भनाइ छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेत दैनिक अस्पतालमा गएर सवैका कुरा सुन्ने देखि परेका समस्याका बिषयमा समाधान अनि बिरामी सँग भेटघाट , सल्लाह दिएको देख्दा जिल्ला अस्पताल सुधार भएको महसुस गरेको स्थानीय बीरबहादुर बस्नेतले बताउनुभयो । भेरी नगरपालिकाले समेत अस्पतालको सुधारको लागि कुनै कुराको कमी हुँन नदिने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन नगरपालिकाले एम्वुलेन्स उपलव्ध गराउने उहाँको भनाइ छ । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालाइ नतिजामुखी बनाउन सवै लाग्नुपर्ने बताउनुभयो । अर्काको आलोचना गरेर मात्र केही कुरा सुधार नहुँने भन्दै मन्त्री बस्नेतले भन्नुभयो सवैले मेरो हो भन्ने भावनाको विकास गरी अगाडी बढ्न आग्रह गर्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!