अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा

जाजरकोट ः जाजरकोट अस्पतालमा आकस्मिक प्रसूती शल्यक्रिया सेवा सुरु भएको छ । जिल्ला अस्पताल ५० शैयाको भएपनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिदै आएको थियो । जाजरकोट अस्पतालमा डाक्टर महेश सिलवाल आए पछी शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।
गत बर्ष कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले केही सामान्य शल्यक्रियाका काम गरेपनि काज सकेर फर्के पछि प्रसूती सेवा बन्द भएको थियो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको लामो प्रयास ,नगर प्रमुख चन्द्र प्रकाश घर्ती को निरन्तरको प्रयासबाट जिल्लामा चिकित्सक आएपछि जिल्ला अस्पतालमा नै शल्यक्रिया सम्भव भएको अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको बताउनुभयो । लामो समय देखि खाली रहेको अस्पताल व्यवस्थापन समिति कर्णाली प्रदेश सरकारले नयाँ तोकेपछि अहिले काम गर्न सजिलो भएको डाक्टर लामाले जानकारी दिनुभयो ।
जाजरकोट अस्पतालमा शुक्रवार देखि आइतवार सम्म ४ जनाको सफल प्रसूती सेवा र १ जना भेरी नगरपालीका ४ कि प्रमिला चन्दको शल्यक्रिया गरेर बच्चा निकालिएको डा.भुपेन्द्र मल्लले जानकारी दिनुभयो । चन्दको शल्याक्रियामा डा. महेश सिलवालको नेतृत्वमा, डा. भुपेन्द्र मल्ल, डा. केशरजंग कार्की, डा.अमन रन्जित, नर्स बिद्या खत्री लगायतले सफल शल्याक्रिया गरिएको छ ।
जाजरकोट अस्पतालमा दैनिक २ जना सम्म आकस्मिक प्रसूती शल्यक्रिया गर्न सकिने क्षमता भएको डा. मल्लले जानकारी दिनुभयो ।
सञ्चालनमा आएको आकस्मिक प्रसूती सेवा निःशुल्क प्रदान हुने अस्पतालले जनाएको छ । सरकारले प्रशुति सेवा निःशुल्क गरेको छ । आईतवार साझ बारेकोट गाउँपालिकाकी तिर्थ शाहीको एपेन्डसाइटको अप्रेसन समेत गरेको डा. मल्लले जानकारी दिनुभयो ।
अति जटिल बाहेक सवै प्रकारका शल्याक्रिया सेवा अस्पतालबाटै दिन सकिने भएको उहाँले बताउनुभयो । अव विरामीलाई सामन्य खालका शल्याक्रियाको लागि पनि चौरजहारी, नेपालगञ्ज जनु नपर्ने उहाँको भनाई छ ।
भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले नगरपालीकाबाट हुने सम्पुर्ण पहल गर्न तयार भएको बताएका छन् । जिल्लामै गुणस्तरिय सेवा दिन सक्ने भरपर्दो अस्पतालक बनाउन आफ्नो भरपुर प्रयास रहने उहाँले बताउनुभयो । अव शल्यक्रियाकै लागि नेपालगन्ज र काठमाण्डौ जानु नपर्ने डाक्टर मल्लले बताउनुभयो । जिल्ला अस्पतालमा सेवा प्रवाह सहज बनाउनका लागि भेरी नगरपालिकाले शव वहान (एम्वुलेन्स) उपलव्ध गराउने नगरप्रमुख घर्तीले बताउनुभयो ।शल्यक्रिय देखि अन्य काम गर्नका लागि भौतिक सँरचनाको अभाव हुँदा काम गर्न समस्य भएको अस्पताल प्रशासनले जनाएको छ । निर्माण व्यवसायीले प्रसुती गृहको भवन निर्माण नगर्दा दैनिक सेवा प्रबाहमा समस्य भएको हो ।
जाजरकोटका सवै स्थानीय तहले पनि आफ्ना माताहातमा रहेका स्वास्थ्य सँस्थालाइ सक्रिय बनाइ दैनिक काम काजमा सहजता बनाएको बताएका छन् । जनताको जनजीवन सँग जोडिएको स्वास्थ्य जस्तो संम्वेदनशिल कुराका लागि आफुहरु कुनै कसुर बाँकी नराख्ने नलगाड नगरपालिकाले नगरप्रख टेकबहादुर रावलले बताउनुभयो । खोपलाइ सुरक्षित गर्नका लागि र तत्काल सेवा पुर्याउनका लागि सवै ब्यवस्थापन गरिएको उहाँले बताउनुभयो । तस्वीर उपलव्ध छ ।








