जनयुद्ध दिवस , दशवर्षे जनयुद्धका जगमा गणतन्त्र

काठमाण्डौँ ः नेकपाका केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले दशवर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको जगमा नेपालमा गणतन्त्र आएको बताउनुभएको छ । गणतन्त्र ल्याउनका लागि नेपाली काङ्ग्रेसको साथ लिएर गणतन्त्र ल्याउन सफल भएको नेता पहाडी भनाइ छ ।
नेपालमा २५० वर्षसम्म शासन गरेको राजतन्त्र अन्त्यका लागि नेपालका वामपन्थी पार्टीको भूमिका महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । सांसद तथा पुर्व शान्ति मन्त्री रहनुभएकी पहाडीले २४औँ जनयुद्ध दिवसको अवसरमा पत्रकार सँग कुरा गदै दुई तिहाइको सरकारलाई कमजोर बनाउने प्रयास असफल हुने र पार्टी कमजोर विभाजन गर्न खोजे पनि पार्टी सङ्गठन एक ढिक्का हुने बताउनुभयो ।
जनयुद्धको बलमा नेपालमा ठूलो परिर्वतन देखिएकाले त्यस्ता परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । जनयुद्धले देशमा गणतन्त्र र संविधानसभाबाट संविधान निर्माण गर्न सफल भएको बताउनुभयो ।







