हिउँ पहिरोमा एक वेपता

सुकमाया थापा
डोल्पा ः भारी हिमपातका कारण डोल्पाको जगदुल्ला गाउँपालिका – ४ मौरेमा लेखमा वेपता भएका छन् ।
हिउँ पहिरोमा परी जगदुल्ला गाउँपालिका – ४ पातारासी गाउँपालिका लुम गाउँका एक स्थानीय वेपता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जगदुल्ला गाउँपालिको चौरिकोटबाट जुम्ला जाँनका लागि तीन जना साथी सँगै गएकोमा एक जना हिउँ पहिरोमा परेर वेपता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनुभयो । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकमा गत ४ दिन अघिदेखि परेको भारी हिमपातले बाटो नै बन्द भएको स्थानीयबासी मायालाल रोकायले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
सँगै गएका तीन जना मध्य एक जना हिउँपहिरो परेर वेपत्ता भएको र दुइ जना जुम्लाको चुत्रा स्थित गाउँमा पुगेको प्रहरी निरिक्षक जीवराज थापाले बताउनुभयो । उनका अनुसार आझै काइगाउँ प्रहरी चौकीबाट चार जना प्रहरी घट्ना स्थल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । भारी हिमपातले हिड्न कठिनाईका कारण प्रहरी र स्थानीयबासीहरु घट्ना स्थलमा पुग्न नसकेकाले आइतवार बेलुकीसम्म आधिकारिक जानकारी आउन नसकेको प्रहरीले जनाएको छ ।
हिउँ पहिरोमा परि बेपत्ता र बाँचेका भनिएकाहरुको उद्धारका लागि प्रयास थालिएको कर्णाली प्रदेश सदस्य बीरबहादुर शाहीले फोनमा जानकारी दिएका छन् । उहाँका अनुसार डोल्पा र जुम्ला दुबै तर्फबाट प्रहरी परिचालन भएको छ भने जुम्ला र डोल्पा तर्फबाट स्थानीयबासीहरुले पनि घट्नामा परेकालाई उद्धार गर्ने प्रयास गरिरहेको बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!