मुख्यमन्त्री सहभागी कार्यक्रममा डीआईजीमाथि ढुंगा प्रहार, बायाँ खुट्टामा चोट

शेरबहादुर थापा
सुर्खेत – शनिवार वीरेन्द्रनगरमा आयोजित सप्तरंग सांस्कृतिक कार्यक्रममा नेपाल प्रहरी कर्णाली प्रदेशका डीआईजी महेशविक्रम शाहमाथि अज्ञात व्यक्तिबाट ढुंगा प्रहार भएको छ ।

ढुंगा प्रहारबाट डीआईजी शाहको बायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी समेत सहभागी रहेको सांंस्कृतिक कार्यक्रममा ढुंगा प्रहार भएको देखेपछि मुख्यमन्त्री शाही छोटो शुभकामना मन्तव्य दिएर निवासतर्फ लागेका छन् ।

अँध्यारो भइसकेको कारण ढुंगा प्रहार गर्ने व्यक्तिबारे थाहा पाउन प्रहरीलाई मुस्किल भएको छ । ‘ढुंगा माथिबाट खसेको होेइन,’ डिआइजी शाह जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेलाई भन्दै थिए, ‘कसैले निधार नै ताकेर हानेको हुन सक्छ, धन्न बायाँ खुट्टामा लाग्यो ।’ त्यसपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

ढुंगा डीआईजीलाई हो या मुख्यमन्त्री शाहीलाई ताकेर हान्न खोजिएको हो त्यो भने खुल्न सकेको छैन लोकान्तरमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!